घोडा दौडमा उज्वल सुनार च्याम्पियन
जोमसोम— दुई विभागीय टिमका २ जना राष्ट्रिय खेलाडीसहित गण्डकी प्रदेशका खेलाडीहरु सहभागी रहेको ‘ ब्रदर युनाईट मुस्ताङमा सम्पन्न खिल्हा मेला खुल्ला पर्वतीय ‘हाईअल्टिच्युड’ खुल्ला भलिबल प्रतियोगिता २०८१ को च्याम्पिन बनेको छ ।
घरपझोङ गाउँपालिका—३ स्याङमा आयोजित खिल्हा मेला हाईअल्टिच्युड पर्वतीय भलिबल प्रतियोगिताको उपाधि भिडन्तमा ब्रदर युनाईटेड टिमले मुस्ताङ टाईगर टिमलाई सोझो ३ सेटमा हराउँदै च्याम्पियन बनेको हो ।

यसअघि खिल्हा मेला २०८१ को खुल्ला पर्वतीय हाईअल्टिच्युड भलिबल प्रतियोगिताको सेमीफाईनल खेलमा युनाईटेड ब्रदर टिमले थासाङलाई हराउँदै फाईनल प्रवेश गरेको थियो । मुस्ताङ टाईगर टिमले बुद्धशान्ति युथ क्लव चराङलाई हराउँदै फाईनल यात्रा तय गरेको थियो । कुल ९ वटा टिम सहभागी रहेको प्रतियोगिता लिक चरणमा प्रतिस्पर्धा गराईएको थियो । मुस्ताङमा सम्पन्न पर्वतीय हाईअल्टिच्युड भलिबल प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी ब्रदर युनाईटेडका हिमाल सुनारी घोषित भए । उनी गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय खेलाडी हुन् ।
मुस्ताङको स्याङमा सम्पन्न पर्वतीय हाईअल्टिच्युड भलिबल प्रतियोगिताका च्याम्पियन बनेको युनाईडट ब्रदर टिमले नगद १ लाख ५० हजारसहित शिल्ड,मेडल ,ट्रफी र प्रमाणपत्र हात पा¥यो । उपविजेतामा चित्त बुझाएको मुस्ताङ टाईगर टिमले नगद ८५ हजारसहित ,शिल्ड, मेडल ,ट्रफी र प्रमाणपत्र पायो ।

प्रतियोगितको सर्वोउत्कृष्ट खेलाडी युनाईट ब्रदरका खेलाडी हिमाल सुनारीले नगद १० हजारसहित मेडल,ट्रफी र प्रमाणपत्र हात पारे । उपाधि च्याम्पियन बनेसंगै युनाईट ब्रदरका सर्वोउत्कृष्ट खेलाडी हिमाल सुनारीले हिमाली क्षेत्रमा आएर भलिबल खेल्दा फरक अनुभूती भएको बताए । ‘बेसीमा खेल खेल्दा जति सहज छ, यहाँ त्यस्तो नहुदो रैछ, खेलाडी सुनारीले थपे,‘ यहाँ हावाको सन्तुलन मिलाउन गारो हुने र अक्सिजन लेबल कम हुने भएकाले यहाँको खेल चुनौतीपूर्णनै हुदोरैछ ।’
घोडा दौडमा उज्वल सुनार च्याम्पियन
मुस्ताङमा सम्पन्न खिल्हा मेला २०८१ अन्र्तगत मंगलबार सम्पन्न खुल्ला घोडा दौड प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र—१ झारकोट लाटुपका १९ वर्षीय युवा उज्वल सुनारले चढेको सिङ्गी नामको घोडा च्याम्पियन बनेको छ ।
मुस्ताङको मार्फा राजखोला देखि जनकल्याण आधारभुत विद्यालयको प्राङ्गणसम्मको करिव ३ किमी दुरीमा प्रतिस्पर्धा भएको खुल्ला घोडा दौड प्रतियोगितमा वारागुङ मुक्तिक्षेत्र—१ छेङ्गुरका पुनम पुनमगर चढेको घोडालाईपछि पार्दै सुनार च्याम्पिन बनेका हुन् ।

घोडा दौडमा उज्वल सुनार च्याम्पियन (वर्ष - १९)
घोडा दौड प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गाका धोर्जे गुरुङ तृतीय भए । खिल्हा मेलामा आयोजित घोडा दौड प्रतियोगितमा च्याम्पियन बनेको सिङ्गी नामको घोडा गतवर्ष मनाङको यार्तुङ मेला घोडा दौड प्रतियोगितामा पनि प्रथम भएको घोडाका धनी नेण्डुप गुरुङले जानकारी दिए ।
घोडादौड प्रतियोगिताको च्याम्पियन सुनारले नगद ५० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पाए । उपविजेता पुनमगरले नगद ३० हजार र तृतीय धोर्जे गुरुङले नगद २० हजारसहित मेडल र प्रमाणपत्र हाता पारे ।
आर्चरी र तारा खेलतर्फ ः
खिल्हा मेला २०८१ अन्र्तगत आयोजित खुल्ला तारा खेल प्रतियोगितमा मुस्ताङको थासाङ—५ कुञ्जो टिम प्रथम भएको छ । कुल १२० डोरमा कुञ्जोले ११७ अंक जोड्दै प्रथम भएको हो । यस्तै मुस्ताङको थासाङ कालिबराह टिम १०६ अंक जोड्दै दोश्रो भयो । खुल्ला तारो खेल प्रतियोगितामा म्याग्दी सिवाङका रोहित गुरुङ हाईस्कोर खेलाडी घोषित भए ।
प्रतियोगिताको सर्वोउत्कृष्ट खेलाडी थासाङका यरवेज गुर्बुजा बने । खुल्ला ताराको प्रथमले नगद ५० र दोश्रो हुने टिमले नगद ३० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगिताको हाईस्कोररले नगद १० हजार र सर्वोउत्कृष्ट खेलाडीले नगद ५ हजारसहित मेडल र प्रमाणपत्र पायो ।
यस्तै ज्येष्ट नागरिक तारो खेल प्रतियोगितामा घरपझोङ —३ पुथाङ एअरपोर्टका बमप्रसाद गौचन प्रथम भए भने दोश्रो मार्फाका यामप्रसाद मगर भए । उनीहरुले क्रमशः १० हजार र ५ हजारसहित मेडल र प्रमाणपत्र पाए ।
खुल्ला आर्चरी प्रतियोगितातर्फ म्याग्दीका उमेश तिलिजा प्रथम हुँदै नगद २० हजार प्राप्त गरे । मुस्ताङका कुमार कार्की दोश्रो हुँदै नगद १० हजार पुरस्कार पाए । आर्चरी मुस्ताङ खुल्लातर्फ कुमार कार्की प्रथम र कच्र्युङ गुरुङ दोश्रो भए । उनीहरुले पनि क्रमशः नगद २० हजार र १० हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र हात पारे ।
धार्मिक तथा सास्कृतिक पर्व खिल्हा पर्वको अवसरमा मुस्ताङ घरपझोङ—३ स्याङको जनकल्याण क्लवले पर्यटन प्रर्वद्धनका लागि भन्दै खेलकुद मेला आयोजना सुरु गरेको थियो । साउन ५ गतेदेखि सुरु भएको पर्वतीय हाईअल्टिच्युड खेलकुद मेला बुधबार समापन भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली