जोमसोम—मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी स्थित श्राद्ध स्थल नजिक ‘कुर्म अवतार’को शालिग्राम भेटिएको छ । मुस्ताङको कालिगण्डकी नदीको तटीय क्षेत्रमा विभिन्न प्रकारका शालिग्राम भटिने गरेपनि कर्म अवतारको कछुवा रुपी शालिग्राम विरल्लै भेटिने गर्छ ।
भगवान विष्णुको प्रतिक मानिने कुर्म अवतारको कछुवा जस्तो देखिने शालिग्राम चैते दशै औसी अघि कागबेनी धाममा प्रतिस्थापन गरिएको हो । मुस्ताङको कालिगण्डकी नदी र प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ धामबाट बग्ने शाखा नदीको दोभानमा कुर्म अवतारको कछुवा आकारको शालिग्राम भेटिएपछि कागबेनी मन्दिर तथा श्राद्धस्थल संरक्षण व्यवस्थापन समितिले त्यहा प्रतिस्थापन गरेको समितिका अध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिईन् । समितिले प्रतिस्थापन गरिएको शालिग्रामसंगै दर्शन गर्दा बजाउने घण्टी समेत राखिएको छ ।
भगवान विष्णुको प्रतिक शालिग्राम नेपालको मुस्ताङमा मात्र पाईने गर्छ । कुर्म अवतारको रुपमा कछुवा आकार शालिग्राम पहाड र खोंचबीचको चटनहरुसंग खिईदै खिईदै डिस्कलर भई फुस्रो देखिएको समितिकी अध्यक्ष गुरुङको भनाई छ । भगवान बिष्णुको बासस्थानको रुपमा रहेको यसक्षेत्रमा विभिन्न प्रकारका शालिग्रामहरु पाईने गर्छ । समितिले भेटेको कुर्म अवतारको शालिग्रामलाई श्राद्धस्थल नजिक प्रतिस्थापित गरी भक्तजनहरुलाई दर्शन गर्न र फोटो खिच्ने सुविधा उपलब्ध गराइएको अध्यक्ष गुरुङको भनाई छ ।
कागबेनीमा प्रतिस्थापित गरिएको शालिग्राम कुर्म अवतारको कछुवा जस्तै देखिन शालिग्राम हो । शालिग्राम विशेषगरी हिन्दु वैष्णव भक्तजनहरुको घरघरमा र विष्णु भगवानको मन्दिरमा प्राण प्रतिष्ठानसहित पुजाआजा गर्ने गरिन्छ । वैदिक धर्म शास्त्रमा भगवान विष्णुले दोस्रो पटक कुर्म अवतार अर्थात कछुवाको अवतार लिएर देवी एवं मानव जगतको कल्याणका लागि काम गरेको धार्मिक किवंदन्ती छ । यसैका कारण हिन्दु धर्मालम्बीहरुले यसैको स्मरण गर्दै कुर्म जयन्ती मनाउने प्रचलन पनि छ ।
दिवंगत पितृ उद्दारका लागि निकै चर्चित र धार्मिक महत्व बोकेको कागबेनीधाममा बर्सेनि चैते दशै र बडा दशैको औसी तिथिमा हजारौ श्रद्धालु भक्तजनहरु कागबेनी धाममा तिर्थाटन गर्न पुग्ने गर्छन । कागबेनीमा दिवंगत पितृहरुको नाममा श्राद्ध,तर्पण र पिण्डदान गर्नाले धार्मिक मोक्ष प्राप्ति हुने जनविश्वास छ । यहाँ आएर पुजाअर्चना गर्दा पितृ खुसी हुन्छन् भन्ने भनाई रहेको छ ।
गत साउन २८ गते कागखोलाको भयावह बाढीले कागबेनीमा रहेको धार्मिक स्थलका्े भौतिक संरचनामा ठुलो क्षति पू¥याएको थियो । क्षतिग्रस्त कागबेनी श्राद्धस्थलको संरक्षण तथा व्यवस्थापनमा अहिले समितिले विभिन्न कार्यहरु गर्दैैै आईरहेको छ ।
फोटो क्याप्सन ः
मुस्ताङको पवित्र धार्मिक कागबेनीमा भेटियो विष्णु भगवानको प्रतिक कुर्म अवतारको कछुवा शालिग्राम । तस्विर ः सुन्दरकुमार थकाली
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता