जोमसोम—हिमाली जिल्ला मुस्ताङमा दादुरा रुवेला खोप अभियानका लागि तयारी सुरु गरिएको छ ।स्वास्थ्य कार्यालय मुस्ताङले जिल्लाका ५ वटै स्थानीय तहहरुमा दादुरा रुवेला खोप अभियान संम्वन्धि अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठि सम्पन्न गरेको छ ।
स्वास्थ्य कार्यालय मुस्ताङले घरपझोङ,थासाङ र वारागुङ मुक्तिक्षेत्रमा खोप लगाउन खटिने स्वास्थ्यकर्मीहरुलाई खोप अभिमुखिरकण सम्पन्न भएको छ । सोमबार र मंगलबार उपल्लो मुस्ताङमा खोप लगाउने स्वास्थ्यकर्मीलाई अभिुमखिरकण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।
यसै प्रयोजनका लागि बालबालिकालाई अभियानका बारेमा जानकारी दिन स्वास्थ्य कार्यालय मुस्ताङको समन्वयमा घरपझोङ गाउँपालिका कार्यालयले अभिमुखिरक तथा योजना तुर्जुमा गोष्ठिी आयोजना ग¥यो । पालिका अन्तर्गत खोप समन्वय समिति,संञ्चाररकर्मी,स्वास्थ्य स्वास्थ्य स्वयंसेविका,स्वास्थ्यकर्मी,जनप्रतिनिधि र कर्मचारीहरुको रोहबरमा दादुरा रुवेला खोप अभियान २०८०÷०८१ को तयारी बारे घरपझोङ गाउँपालिकाले जानकारी गराएको हो । स्थानीय तह स्तरीय र वडास्तरीय खोप समन्वय समितिहरुलाई अभियानका बारेमा बिस्तृत जानकारी दिन अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीले जानकारी दिए ।
अभियान अभिमुखिकरण कार्यक्रम अन्तर्गत घरपझोङ गाउँपालिकामा दादुरा रुवेला खोप अभियान सफल बनाउन घरपझोङ गाउँपालिकामा पहिलो अभिमुखिरकण भएको हो । अन्य ४ पालिकामा पनि क्रमशः खोप अभियान अभिुमुखिकरण कार्यक्रम गरिने कार्यालय प्रमुख भण्डारीले बताए ।
घरपझोङ गाउँपालिका कार्यालय जोमसोममा आयोजित दादुरा रुवेला खोप अभियानको पालिका स्तरीय अभिमुखिकरण तथा योजना तर्जु गोष्ठीमा पालिकाका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले प्रस्तुतीकरण गरे । यसै गरी जिल्ला स्तरीय दादुरा रुवेला खोप अभियानको कार्यक्रम र पूर्व तयारीका बिषयमा स्वास्थ्य कार्यालय प्रमुख टिकाराम भण्डारीले प्रस्तुतीकरण गरेका थिए ।
मुस्ताङमा दादुरा रुवेला अभियानलाई पालिका स्तरीय रुपमा सहजीकरण गर्दैआईरहेको स्वास्थ्य कार्यालय अभियानलाई सफल बनाउन ५ वटै पालिकाका स्वास्थ्य शाखासंग समन्वय गरेको छ । स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय दादुरा रुवेला खोप अभियान समेत संञ्चालन गर्ने तयारी गरेको छ । पालिका स्तरमा तालिम लिएका स्वास्थ्यकर्मीले वडास्तरीय रुपमा अभिमुखिकरण तथा तालिम आयोजना गर्ने तयारी भईरहेको घरपझोङका स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए ।
मुस्ताङमा दादुरा रुवेला खोप अभियान फागुन २८ गतेदेखि चैत्र २ गते सम्म पालिकाका वडावडाहरुमा संञ्चालन गरिने योजना बनाईएको छ । जसअन्तर्गत घरपझोङ,थासाङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा फागुन २८ गतेदेखि ३० गतेसम्म दादुरा रुवेला खोप अभियान संञ्चालन गरिने बताईएको छ । यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा चैत्र १,२ र ३ गतेसम्म खोप लगाउने कार्यतालिका बनाईएको छ ।
९ महिनादेखि ५ वर्ष उमेर मुनिका बालवालिकालाई खोप अभियानमा समावेश गरिने स्वास्थ्य कार्यालय मुस्ताङले उल्लेख गरेको छ । मुस्ताङमा झन्डै ६सय ६६ जना बालबालिकाहरुलाई दादुरा रुवेला खोेप लगाउने योजना छ । यसका अतिरिक्त नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई पनि खोप लगाईने बताईएको छ ।
घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले दादुरा रुवेला राष्ट्रिय खोप अभियानलाई सफल बनाउन मुस्ताङमा यो कार्यक्रम प्रभावकारी हुने बताए । प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले राष्ट्रिय दादुरा रुवेला खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तहहरुले सक्दो सहयोग गर्नुपर्ने बताए ।
यसैगरी वडाध्यक्ष यामप्रसाद थकालीले विभिन्न रोगबाट बच्न आफ्ना बालबालिकालाई खोप लगाउन छुटाउन नहुने जनाए । उनले पहिला र अहिलेको समय फेरिएकाले समय सापेक्षिक स्वास्थ्य सुविधाको पहुँचमा जोडिनु सबैको नागरिक अधिकार भएकाले स्वास्थ्यकर्मीहरुले यसमा प्रभावकारी भूमिका खेल्न आग्रह गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली