फिफा यु—१५ विश्वकप फेस्टिबल २०२६ : मुस्ताङका प्रतिक तुलाचन प्रदेशको छनौटमा परे

मुस्ताङ,१३, भदौं ।

आगामी अक्टोबर २२ देखि ३१ सम्म (कार्तिक (५—१४) गतेसम्म अजरबैजानमा हुने फिफा यु—१५ पुरुष फुटबल वल्र्डकप एण्ड फेस्टिबलका लागि मुस्ताङका प्रतिक तुलाचन जिल्ला हुँदै प्रदेशमा छनौट हुनुभएको छ । तुलाचन मुस्ताङबाट प्रदेशको छनौटमा पर्ने एक मात्रै सहभागी हुनुहुन्छ ।

 अजरबैजानमा हुने फिफा यु—१५ पुरुष फुटबल वल्र्डकप एण्ड फेस्टिबल २०२६ का लागि  गण्डकी प्रदेश फुटबल संघले यसअघि भाद्र ५ गते खेलाडी छनौटका लागि सार्वजनिक सूचना प्रकाशित गरेको छ । सोही सूचनाको कार्यतालिका अनुसार शनिबार पोखरा रंगशालामा भएको छनौट प्रक्रियामा मुस्ताङका प्रतिक तुलाचन फिफा यु—१५ पुरुष फुटबल वल्र्डकप एण्ड फेस्टिबल २०२६ का लागि गण्डकी प्रदेशमा छनौट हुनुभएको गण्डकी प्रदेश कास्कीका फुटबल प्रशिक्षक  योगेन थकालीले जानकारी  दिनुभयो ।

 फिफा यु—१५ पुरुष फुटबल वल्र्डकप एण्ड फेस्टिबल २०२६ का लागि प्रदेशबाट छनौट भएका प्रतिक तुलाचन मुस्ताङको थासाङ गाउँपालिका—३ लेते निवासी हुनुहुन्छ । हाल उहाँ पोखरा जिरोकिलोमिटरमा बस्नुहुन्छ ।पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचनका पुत्र प्रतिक तुलाचन फुटबल र ब्याडमिन्टन खेलप्रति रुचि राख्नुहुन्छ ।


फिफा यु—१५ पुरुष फुटबल वल्र्डकप एण्ड फेस्टिबल २०२६ का लागि गण्डकी प्रदेशको ११ जिल्लाबाट झन्डै चार सय बढी यु—१५ खेलाडीहरुको सहभागी रहेको र त्यसमध्ये करिव ७५ जना यु—१५ खेलाडी  छनौट गरी केन्द्रमा सिफारिस गरिने बताईएको छ । गण्डकी प्रदेशमा फिफा यु—१५ पुरुष फुटबल वल्र्डकप एण्ड फेस्टिबल २०२६ का लागि आज र भोली यु—१५ खेलाडी छनौट गर्ने गण्डकी प्रदेश फुटबल संघको कार्यतालिका छ । शनिबार भएको पहिलोदिनको पहिलो चरणमा खेलाडी छनौटमा मुस्ताङका प्रतिक तुलाचन करिव एक हजार मध्येबाट अन्तिम ४३ जना भित्र परेका हुन् । योसंगै खेलका लागि केन्द्रमा सिफारिस भईसकेका छन् ।

 फिफा यु—१५ पुरुष फुटबल वल्र्डकप एण्ड फेस्टिबल २०२६ को पहिलो संस्करण अजरबैजानमा हुँनेछ । जसमा नेपालबाट हजारौ खेलाडीहरु मध्येबाट अन्तिम १४ खेलाडी छनौट हुनेछन् । गण्डकीसंगै सातै प्रदेशबाट छनौट भएका फिफा यु—१५ खेलाडीहरुलाई केन्द्रिय छनौट÷क्याम्पमा लगेर तालिम र प्रशिक्षण दिईनेछ । सन् २०११ र सन् २०१२ मा जन्मिएका खेलाडीहरुलाई जिल्ला हुँदै प्रदेशबाट प्रारम्भिक खेलाडी छनौट गरिएको हो ।

फिफा यु—१५ पुरुष फुटबल वल्र्डकप एण्ड फेस्टिबल २०२६ का लागि नेपालका ४९ जिल्लाबाट प्रदेश हुँदै खेलाडी छनौट गरी केन्द्रिय क्याम्पमा पठाईने छ ।


प्रतिक्रिया