पर्यटनको आयाम खोज्दै मुस्ताङको स्याङ

जोमसोम—धार्मिक तथा पर्यटकीय जिल्लाका रुपमा प्रख्यात छ हिमालपारि मुस्ताङ । पृथक प्रकारको भूगोल ,धार्मिक कलासंस्कृति,सदिंयौ वर्ष पुराना गुुम्बा ,माने र छोर्तेन, हिमाली जैविक विविधतासंगै पर्यटक लोभ्याउने दर्जनौ पर्यटकीय गन्तव्य लगायत विभिन्न खोजअनुसन्धानका लागि  हिमालपारिको जिल्ला मुस्ताङप्रति आन्तरिक तथा बाह्य पर्यटकको आर्कषण बर्सेनि बढ्दो छ ।

पोखरा—जोमसोम हवाईमार्गसगै पछिल्लो समय निर्माणधिन बेनी—जोमसोम—कोरला राजमार्ग सडक सहज हुँदै जान थालेपछि अनुकुल समयमा यहाँ पर्यटक आगमनले थेगिनसक्नु हुन्छ । मुस्ताङको घाँसादेखि कोरला सम्मका होटलहरु पर्यटकले भरिभराउ हुन्छ । यसो त हिमालपारिको जिल्ला मुस्ताङलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय संञ्चार माध्यमहरुले घुम्नैपर्ने सूचिमा सूचिकृत गसिसकेकाले पनि मुस्ताङप्रति पर्यटकको आर्कषण वृद्धि भईरहेको हो ।

 पछिल्लो समय बर्सेनि ४ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिदै गर्दा मुस्ताङ सदरमुकाम जोमसोम नजिकै रहेको स्याङ गाउँ आझेलमा परेको छ । घरपझोङ गाउँपालिकाको एउँटै वडामा रहेको पुथाङ एअरपोर्ट बजार पर्यटकले गुल्जार हुँदा त्यही एउँटै वडाको गाउँ स्याङ पर्यटकीय हिसाबले निकै पछि परेको छ । स्याङ गाउँमा पुराना ऐतिहाँसिक धामिर्क,तथा सास्कृतिक परम्परागत मौलिकता हुँदाहुँदै पनि मुस्ताङको स्याङ गाउँले कुनै पर्यटकीय लाभ लिन सकेको छैन । कृषि र पशुुपालन व्यवसाय अपनाउँदै आईरहेका स्याङ गाउँका स्थानीयहरु अब भने पर्यटन व्यवसायमा पनि आवद्ध हुन खोजिरहेका छन् । मुस्ताङका धेरैजसो गाउँहरुको गुगलको नक्सामा सर्च गर्दा थाहा हुने गरेपनि स्याउ गाउँलाई भने गोगलले देखाउँदैन । स्याङ गाउँ भित्र र सडकमार्ग पर्ने गाउँहरुमा सडक सञ्जालले जोडिएको भएपनि स्याङ गाउँको पर्यटकीय चर्चा नहुँदा स्याङ गाउँ पर्यटनका हिसाबलेपछि परेको त्यहाँका स्थानीयहरुको बुझाई छ ।

मुस्ताङको स्याङ गाउँको महत्वपूर्ण ऐतिहाँसिक तथा धार्मिक पर्व हो खिल्हा पर्व शनिबारदेखि सुरु भएको छ ।  बर्सेनि जेठ ÷असार महिनामा उवा र जौ लगायतका बाली घरमा भित्र्याएर खेतबारीमा फापर छरिसकेपछि त्यहाँका स्थानीय नागरिक फुर्सदिला हुन्छन् । यही फुर्सदिलो समयमा उनीहरुको महान पर्व खिल्हा सुरु हुन्छ । यसपटक भने पर्यटनले निकै पछि परेको स्याङ गाउले धार्मिक पर्वलाई खेलकुद मेलाको रुपमा गाउँलाई पर्यटनसंगै जोड्दै ब्यापक प्रचार÷प्रसार गर्ने प्रयासमा जुटेको पाईएको छ । खिल्हा पर्वलाई तिब्बती पात्रोको तिथिमा पर्ने स्थानीय भाषामा साउन मेलाका रुपमा लिने गरिन्छ ।

घरपझोङ—३ स्याङका वडाध्यक्ष फलेन्द्रप्रसाद थकालीले  बर्खेबाली भित्र्याएर खेतबारीमा उवा छरेपछि खिल्हा पर्व मनाउने प्रचलन रहेको बताए । वडाध्यक्ष थकालीका अनुसार सदिंयौदेखिको धार्मिक तथा सांस्कृतिक प्रचलन अनुसार  पर्वको पहिलोदिन गाउँको १६ जना रोवा ९मितज्यु०हरु लस्करै  घोडा चढेर समून्द्री सतहको ४५ सय मिटर उचाईमा अवस्थित गाउँ माथिको लेंक चाङफुई ओढारमा पुग्छन् ।

पर्वको पहिलोदिन चाङफुई ओढार पुगेका १६ रोवाहरुले पूर्णिमाको तिथिमा त्यहाँ लामा राखेर विधिपूर्वक पुजाआजा गरि पून गाउँ फर्किन्छन् ।   चाङफुई ओढारमा पुजाआजा गरी १६ रोवा गाउँ फर्किएपछि खिल्हा पर्वका अन्य गतिविधि संञ्चालन हुने वडाध्यक्ष थकालीको भनाई छ । खिल्हा पर्व अवधिमा गाउँभित्र परम्परागत प्रचलन अनुसार याक नाच र जोगी नाचहरु देखाईने चलन रहेको वडाध्यक्ष थकालीको भनाई छ ।

वडाध्यक्ष थकालीले स्याउँ गाउँको धार्मिक तथा सास्कृतिक पर्व खिल्हा पर्वलाई गाउले मिलेर पर्यटन प्रर्वद्धनका लागि बृहत खेलकुद मेला संञ्चालन गरिएको बताए । सधै झै परम्परागत रुपमा गाउँले मात्रै मिलेर मनाईने खिल्हा पर्वलाई यसपटक स्याङ गाउँले विभिन्न खेलकुदका ईभेन्टहरु संञ्चालन गरिरहेको छ । साउन ५ गतेदेखि साउन ९ गतेसम्म संञ्चालन हुने खिल्हा मेलामा राष्ट्रिय तथा क्षेत्रिय र जिल्ला स्तरीय आर्चरी तथा भलिबल खेलाडीहरु  मुस्ताङ आईपुगेको छ । जनकल्याण युवाक्लव स्याङ गाउँको आयोजनामा हुने खिल्हा मेलामा भलिबल,आर्चरी,तारो हान्ने खेल,घोडा दौड तथा घोडा दौडदै खादा टिप्ने लगायतका प्रतियोगिताहरु समावेश गरिएको छ । 


खेलकुदका माध्यमबाट ओझेलमा परेको गाउँ चिनाउन यतिखेर स्याङ गाउँका युवा,तन्नेरी ,आमा समुह र गाउँसमाज पुरै लागिपरेको छ । पर्यटनले पछि परेको गाउँलाई पर्यटनसंग जोड्न खिल्हा खेलकुद मेला आयोजना गरिएको स्थानीय आईरल थकालीले बताए । गाउँपालिकाको भित्रको मार्फा र जोमसोम पर्यटन व्यवसायले फड्को मार्दा स्याउ गाउँ ओझेलमा परेकाले खेलकुदका माध्यमबाट गाउँ चिनाउन मेला आयोजना गरिएको उनको भनाई छ । उनले राष्ट्रिय स्तरको खेलकुद मेला हेर्न आउने पर्यटकलाई स्याङ गाउको कलासस्कृति र मौलिकता अवलोकन गर्न समेत अनुरोध गरे ।

स्याङ गाउँको खिल्हा पर्वको पहिलोदिन गाउँका १६ जना रोवा ९मितज्यु०हरु घोडा चढेर चाङफुई लेंक प्रस्थान गरे । उनीहरुलाई गाउँका पुरुष तथा महिलाहरुलाई खादा लगाएर ससम्मान  पर्व सुभारम्भ गर्न बिदाई गरेका थिए । गाउँको पर्यटन विकासको सम्भावना खोजिरहेको स्याङ गाउँलेले यसपटक जिल्ला भित्र र जिल्ला भित्रका खेलाडी तथा खेलकुदप्रेमी दर्शकलाई स्याउ गाउँमा एकिकृत गर्ने जमर्को गरिरहेको छ ।

खेलकुदका माध्यमले गाउँको प्रसार÷प्रसार हुने र यसले गाउँको पर्यटन प्रर्वद्धन हुनेमा स्याङ गाउँका बासिन्दा निकै आशावादी देखिन्छन् ।





प्रतिक्रिया