केही च्यांग्रा भेटिएको खबरपछि चितवन पुगे ताक्ला,मुख्य गिरोह मुना अझै सम्पर्कविहिन

जोमसोम—

 केही च्यांग्रा चितवनमा भेटिएको भन्ने खबरपछि मुस्ताङका च्यांग्रा पीडित ताक्ला गुरुङ अहिले चितवन पुगेका छन् । उनलाई चितवन प्रहरीले केही च्यांग्रा भेटिएको भन्ने खबरपछि उनी चितवन पुगेका हुन् । मुख्य गिरोह मुना अझै सम्पर्कविहिन छन् 

सकिनसकी दुईचार पैसा कमाई हुन्छकी भनेर पशुपालन व्यवसायतर्फ लागेका वारागुङ मुक्तिक्षेत्र—३ चैलेका स्थानीय ताक्ला गुरुङ बिहिबार च्यांग्रा बिक्री काण्डबाट ठगिएका थिए । बिहिबार धुमपुतल रुपमा च्यांग्रा गायव पार्ने मुना र उनका सहयोगको  ब्यापक खोजतलास गरिएको भएपनि शुक्रबार बिहानसम्म उक्त गिरोह फेला नपरेको च्यांग्रा च्यांग्रा धनी ताक्लाले जानकारी दिए । ‘ च्यांग्रा गायव पार्ने गिरोह मुना र उनका सहयोग अझै गायव छन्, हामीले प्रहरीलाई पनि खोजी गरिदिन सहयोग मागेका छौं,पीडित च्यांग्रा धनी ताक्लाले भने,‘ चितवन १०३ च्यांग्रा मध्ये ४०÷५० गोटा भेटिएको भन्ने खबर आएको छ,  म  त्यतैतीर गएको छु ।’

 मुस्ताङमा च्यांग्रा ठग्ने  नियतले बुधबार कार चढेर आएका उनीहरु बुधबार चैले पुगेका थिए । चैलेमा ताक्लाको १०३ गोटा च्यांग्रा खरिद गरे । तर पैसा भने दिएनन् । उनीहरुले पैसा पोखरा बुझाउने गरी च्यांग्रा धनी ताक्लालाई कारमा राखेर पोखरा पू¥याए । च्यांग्रा ट्रकमा लोड गरेर बिहिबार राती पोखरा पू¥याइयो । उनीहरुले च्यांग्रा पोखराको हेम्जा याम्दीमा झारेर होटलतर्फ सोझिए । उनीहरुसंगै च्यांग्रा धनी ताक्ला पनि उनीहरुको पछिपछि लागे । च्यांग्रा पोखरा लैजादा ८÷१० गोटा निस्सासिएर मरेका थिए ।

होटलमा पुगेर च्यांग्रा धनी ताक्लालाई त्यही छाडी च्यांग्रा हेर्न जान्छौं भनेर मुनासहितको ३ गिरोह त्यहाबाट लापत्ता भयो । उनीहरुले च्यांग्रा समेत बेपत्ता बनाए । अपुष्ट स्रोतका अनुसार मुस्ताङीको च्यांग्रा पैसा नदिई गायव पारेर सम्पर्क हुने मुना नाम भन्ने व्यक्ति कुख्यात ठग हो भन्ने जनाईएको छ ।

 मुस्ताङी लाई च्यांग्रा ठग्ने नियतले कार चढेर आएका उक्त गिरोह निकै हाईफाई र स्टाण्र्ड तरिकाले प्रस्तुत भएका थिए । त्यसैको प्रभावमा परेर चैलेका ताक्ला गुरुङ पोखरामा गएर पैसा पाईने आशामा अप्रत्याशित रुपमा ठगिन पुगेका हुन् ।

 मुस्ताङको लोघेकर —१ चराङका स्थानीय किमी छोटेन गुरुङले च्यांग्राको कारोबार गर्दा होशियारी र सावधानी अपनाउन अनुरोध गरेका छन् ।


प्रतिक्रिया