मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजश्व संकलन

यहाँको नेपाल—चीन उत्तरी कोरलानाका स्थित लोमान्थाङ—२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले चार अर्ब ४१ करोड राजश्व संकलन गरेको छ । बाढी पहिरो र नदी कटानका कारण गत असार र भदौ महिनामा रसुवा गढी नाका र तातोपानी नाका अवरुद्ध भएपछि कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएसंगै यहाँको भन्सार कार्यालयको राजश्व संकलनमा नयाँ उभार आएको हो ।

यहाँ स्थित नेपाल—चीन मुस्ताङ भन्सार कार्यालय मार्फत नौ अर्ब ४८ करोड ३४ लाख रुपैया बराबरको आर्थिक कारोबार भएको मुस्ताङ भन्सार कार्यालयका सूचना अधिकारी अमिन्द्र सिंहले जानकारी दिनुभयो ।

गत ३० भदौदेखि पूर्ण रुपमा संञ्चालनमा आएका यहाँको कोरलानाकाबाट बिहिबारसम्ममा चीनतर्फबाट नौ अर्ब ३४ करोड बढीको मालसामान आयात भएका कार्यालयका सूचना अधिकारी सिंहले बताउँनुभयो । उहाँका अनुसार कोरलानाका स्थित चिनिया भन्सारबाट जाँचपास भई आएका बिद्युतीय सवारी साधन र मालबस्तु कन्टेनर ढुवानीका साधन भित्रिएका र तीनको यहाँको भन्सारमा जाँचपास गरेर गन्तब्यतर्फ पठाईने गरिएको बताउँनुभयो ।

 यसैगरी नेपालबाट हस्तकला लगायतका मालवस्तुको चीनतर्फ निर्यात प्रयोजनका लागि भन्सार जाँचपास गर्दा चौध करोड ३४ लाख रुपैया राजश्व संकलन भएको भन्सार कार्यालयका सूचना अधिकारी सिंहको भनाई छ । 

यहाँको कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएपछि गएको साँढे दुई महिनाको अवधिमा  यहाँको भन्सार कार्यालयमा एक हजार ७६१ वटा बिद्युतीय सवारी साधनको जाँचपास भईसकेर गन्तब्यतर्फ प्रस्थान गरेका मुस्ताङ भन्सारले जनाएको छ । हालसम्म एक हजार बढी ढुवानीका साधनको भन्सार जाँचपास भईसकेका छन् ।

 यहाँको मुस्ताङ भन्सार कार्यालयमा अझै एक सय भन्दा बढी मालबाहक ढुवानीका साधनहरु भन्सार जाँचपासको क्रममा रहेका सूचना अधिकारी सिंहले बताउँनुभयो । उहाँका अनुसार कोरलानाका स्थित चीनियाँ भन्सारमा मालसामान ढुवानीका लागि करिव एक दजन बढी ढुवानीका साधन पुगेका र आंिशंक रुपमा कोरला सडक हुँदै ढुवानीका साधन माथि आउँने क्रममा रहेका सूचना अधिकारी सिंहले जानकारी दिनुभयो ।

यहाँको कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएको दुई महिनापछि भन्सार विभागले यहाँको भन्सार कार्यालयमा १८ जनाको कर्मचारी दरबन्दी सृजना गरेको  जनाईएको छ । यसअघि एक जना शाखा अधिकृत कार्यालय प्रमुख रहने गरी ७ जना दरबन्दी कायम रहेकोमा उपसचिव स्तरको कार्यालय प्रमुख रहने गरी १८ जनाको कर्मचारी दरबन्दी सृजना भएको मुस्ताङ भन्सारका सूचना अधिकारी अमिन्द्र सिंहले जानकारी दिनुभयो ।

भन्सार विभागले यहाँको भन्सारका लागि उपसचिव स्तरको एक जना कार्यालय प्रमुखसहित २ जना शाखा अधिकृत,६ जना राजश्व हेर्ने नायब सुब्बा, १÷१ जना लेखपाल र कम्प्युटर अपरेटर ,एक जना सवारी चालक र ६ जना कार्यालय सहयोगीको दरबन्दी सृजना गरेको हो ।

हाल यहाँको भन्सार कार्यालयमा दुई जना शाखा अधिकृतसहित १२ जना कर्मचारी कार्यरत रहेका बताईएको छ ।


प्रतिक्रिया