सुजिता थकाली
जोमसोम— मुस्ताङको घरपझोङ गाउँपालिकामा आठौ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसीटी) दिवस मनाईएको छ । सूचना तथा सञ्चार प्रविधिको प्रचार÷प्रसार,समावेशी प्रयोग र डिजिटल सशक्तिकरणलाई प्रर्वद्धन गर्ने उद्देश्यसहित शुक्रबार यो दिवस मुस्ताङमा पनि मनाईएको हो ।
मुस्ताङको घरपझोङ गाउँपालिका कार्यालयमा ‘सूचना प्रविधि अभियान,डिजिटल नेपालको निर्माण’ भन्ने राष्ट्रिय नारासहित राष्ट्रिय आईसीटी दिवस २०२५ विविध कार्यक्रम गरी मनाईएको क्यान मुस्ताङका अध्यक्ष सुजिता थकालीले जानकारी दिनुभयो ।दिवसको जिसस प्रमुख माया गुरुङले उद्घाटन गर्नुभएको थियो ।
दिवसका अवसरमा विभिन्न कार्यालयका कर्मचारी,शिक्षक र गाउँपालिकामा कार्यरत कर्मचारी लगायतलाई एआई तथा डिजिटल म्यापिङ सीप क्षमता अभिवृद्धि सम्वन्धि अभिमुखिकरण सम्पन्न भएको छ । सोक्रममा क्यान मुस्ताङकी अध्यक्ष थकालीले गुगल म्यापिङ सम्वन्धि जानकारी दिनुभएको थियो । यसैगरी काठमान्डौं युनिर्भरसीटीका प्रतिनिधि डा. मनोज शाक्यले एआई सम्वन्धि सहजीकरण गर्नुभएको थियो ।
राष्ट्रिय आईसीटी दिवसका अवसरमा आयोजित कार्यक्रममा घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिह लालचनले एआई सम्वन्धि आफूले व्यवहारमा कसरी उतार्ने भन्ने आफैले तय गर्नुपर्ने बताउँनुभयो ।
मुस्ताङमा आयोजित आईसीटी दिवसको अध्यक्षता क्यान गण्डकीका अध्यक्ष गुणनिधि पाण्डेले गर्नुभएको थियो ।