जुवाखालमा ५ जना पक्राउ


जोमसोम— जुवातास खेलिरहेको अवस्थामा  जिल्ला प्रहरी कार्यालय मुस्ताङले मंगलबार राती ५ जना व्यक्तिलाई मंगलबार पक्राउ गरेको छ । मुस्ताङको घरपझोङ गाउँपालिका—३ स्याङका ३२ वर्षिय राजकुमार थकालीको घरमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनापछि प्रहरी निरीक्षक गणेश सुवेदीको कमाण्डमा ७ जना प्रहरी टोली त्यहाँ पुगेको थियो ।

प्रहरीले जुवातास खेल्दै गरेका ५ जना व्यक्तिलाई २ बुक ताससहित नगद १५ हजार ६६० रुपैया बरामत गरेको हो ।  जुवाखालबाट घरबेटी राजकुमार थकालीसहित सोही स्थान बस्ने क्रमशः २९ वर्षिय आविष्कार थकाली, ४० वर्षिय सुमन थकाली।३१ वर्षकी प्रविता थकाली र ३२ वर्षकी रेणु थकाली छन् । पक्राउ पर्ने सबै घरपझोङ—३ स्याङ बस्ने रहेको प्रहरी निरीक्षक गणेश सुवेदीले जानकारी दिए ।

जुवातास सम्वन्ध थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया