जोमसोम— हिउँदयामको जाडो मौसम सकिएर पर्यटकीय चहल/पहल बढेसंगै मुस्ताङमा बजार अनुगमनलाई तीब्रता दिईएको छ । म्याद गुज्रिएका खाद्य पदार्थले जिल्ला भित्रिने पर्यटक तथा स्थानीय नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले गर्मीयाम सुरु भए लगत्तै सदरमुकाम जोमसोममा प्रशासन,प्रहरी र पत्रकारको रोहबरमा बजार अनुगमन कार्यमा कडाई गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङ, पर्यटन तथा उद्योग कार्यालय,कोष तथा लेखा नियन्त्रण कार्यालय मुस्ताङ,घरपझोङ गाउँपालिकाका कार्यालय , जिल्ला प्रहरी कार्यालय मुस्ताङ र पत्रकारहरुको संयुक्त टोली मुस्ताङको जोमसोम बजार क्षेत्रमा बिहिबार बजार अनुगमन सुरु गरिएको हो । अफसिजनपछि सिजन सुरु भएसंगै पहिलो चरणमा जोमसोम बजार क्षेत्रमा संञ्चालित दुई दर्जन बढी किराना पसलहरुमा बजार अनुगमन गरिएको हो । मुस्ताङमा यसवर्षको हिउँदे जाडो सकिए लगत्तै पर्यटकीय गतिविधि समेत विस्तारै बढ्न थालेको छ ।
मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले हिउँदयामपछि मुस्ताङमा नियमित बजार अनुगमनलाई निरन्तरता दिईएको जानकारी दिए । सहायक प्रजिअ सुवेदीले बिहिबार जिल्ला स्थित सरोकार कार्यालयको संयुक्त टोलीले जोमसोम क्षेत्रमा संञ्चालित किराना तथा खाद्य पसलहरुको बजार अनुगमन गरिएको बताए । अनुगमनका क्रममा टोलीले म्याद गुज्रिएका खाद्य पदार्थले नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएकाले बजार अनुगमन गर्नु परेको उल्लेख गरे ।
बजार अनुगमन टोलीले म्याद गुज्रिएका अखाद्य पदार्थको अनुमगनसहित व्यवसायीहरुले पसलहरुबाट साईनबोर्ड राखेको÷नराखेको, व्यवसाय दर्ता तथा नविकरण, मूल्य सूचि राखेको वा नराखेको,लकबुक रजिष्टर राखेको ÷नराखेको, खरिद बिल तथा उपभोक्तालाई दिईन बिल, सरसफाई, मदिराको मुल्य अभिवृद्धि करको प्रमाणपत्र दर्ता तथा नविकरण गरे÷नगरेको, स्वदेशी तथा विदेशी र स्थानीय मदिराको पेय पदार्थमा अन्त शुल्क स्टिकरण राखेको वा नराखेको,खाद्य सामग्रीको लेबल चेकजाँच,नापतौल चेकजाँच र व्यवसायले पान वा भ्याट बिल प्रयोग गरेको वा नगरेको लगायतमा बजार अनुगमन गरिएको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका कार्यालय प्रमुख प्रेमप्रसाद पौडेलले जानकारी दिए ।
कार्यालय प्रमुख पौडेलका अनुसार बजार अनुगमनमा झन्डै दुई दर्जन बढी पसलमा छड्के अनुमगन गरिएको हो । अनुगमन टोलीले व्यवसायीको पसलमा भेटिएका अखाद्य तथा पेय पदार्थ बरामद गरी खाल्डो खनी बिहिबारनै नष्ट गरेको उनले जनाए । अनुगमन टोलीमा खटिएका कर्मचारीले व्यवसायीहरुलाई आफ्नो पेशा व्यवसाय संञ्चालन गर्न चाहिने आवश्यक कागजाँचको प्रमाणपत्र,नविकरणमा ध्यान पू¥याउन सुझाएको उनको भनाई छ । अनुगमन गरिएका किराना पसलहरुलाई डिलरबाट सामान खरिद गर्दा खाद्य पदार्थ तथा पेय पदार्थहरुको मिति र अवधि हेरेर मात्रै खरिद गर्न समेत आग्रह गरिएको कार्यालय प्रमुख पौडेलले उल्लेख गरे ।
अखाद्य तथा म्याद गुज्रिएका पेय पदार्थले आम नागरिकको स्वास्थ्यमा प्रतिकुल असर पू¥याउने भएकाले सामान खरिद बिक्री गर्दा व्यवसायी आफै सचेत रहनु पर्ने सुझाईएको छ । अनुगमन टोलीले पसलमा भेटिएको म्याद गुज्रिएका खाद्य तथा पेय पदार्थ बिक्री गर्न नहुने र यसले व्यवसायी आफैलाई समस्यामा पार्ने बताएका छन् ।
हिउँदयामपछिको पहिलो चरणमा खाद्य तथा किराना पसलमा अनुमगन गरिएको हो । यसपछि दोस्रो र तेस्रो चरणमा होटल तथा रेष्टुरेन्ट र मदिरा डिष्टिलरी कम्पनीहरुको क्रमैसंगै नियमित बजार अनुगमन गरिने बताईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता