थासाङ र घरपझोङका विद्यालय खुले

जोमसोम—हिमाली जिल्ला अन्र्तगत तल्लो मुस्ताङका सामुदायिक विद्यालय  खुलेका छन् । 

जिल्लाको थासाङ गाउँपालिका र घरपझोङ गाउँपालिकाका सामुदायिक विद्यालयहरुलाई पुस र माघ दुई महिना लामो हिउँदे जाडो बिदापछि शैक्षिक पठन÷पाठन संञ्चालन गरिएको शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामेश्वर लामिछानेले जानकारी दिए । 

हिउँदे जाडोयाममा विद्यालय बन्द गर्दा शिक्षक तथा कर्मचारीले पाउँने बार्षिक बिदा ४५ दिन र १५ दिन सट्टा बिदा गरी ६० दिन कटौटी हुन्छ ।


प्रतिक्रिया