मुस्ताङ,९, असार ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले गाउँपालिका भित्र रहेका धार्मिक,सांस्कृतिक ,प्राकृतिक र साहशिक पर्यटन विकासलाई अघि बढाउने र पर्यटन विकासका माध्यममा स्थानीय क्षेत्रको आर्थिक विकासमा टेवा पु¥याउन पर्यटन सूचना केन्द्र र डिजिटल प्रोफाईल मार्फत पर्यटन प्रर्वद्धन गर्ने नीति लिईएको छ । गाउँपालिकाको बाईसौऔं गाउँसभा अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले यस्तो जानकारी दिनुभएको हो ।
गाउँपालिकाको आ.व. २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रममा अध्यक्ष रिन्जिङ नाम्गेल गुरुङले पर्यटन विकासले मात्रै वारागुङ र समग्र मुस्ताङको आर्थिक विकासमा योगदान पु¥याउने भएकाले सोमार्गलाई अंगिकार गरेर गाउँपालिकाले पर्यटन विकासको नीति लिएको स्पष्ट पार्नुभयो । वारागुङ मुक्तिक्षेत्रमा हिन्दु तथा बौद्धमार्गीहरुको धार्मिक साझा तिर्थस्थल मुक्तिनाथ र कागबेनी श्राद्धस्थल रहेकाले वारागुङ मुक्तिक्षेत्र धार्मिक पर्यटकीय हब समेत रहेको बताउँनुभयो ।
वारागुङ मुक्तिक्षेत्रको गाउँसभाले पालिका भित्रका ५ वटै वडाहरुमा रहेका ऐतिहाँसिक,धार्मिक,पुरातात्विक र प्राकृतिक सम्पदाहरुको पहिचान,संरक्षण,प्रर्वद्धन एवंम् प्रचार÷प्रसार मार्फत स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारको रुपमा पर्यावरण अनुकुलन पर्यटन उद्योगको विकास गर्न पर्यटकलाई अतिथिको रुपमा सम्मान र सत्कार गर्ने वातावरण सृजना गर्न सृजनात्मक तथा रचनात्मक कार्यक्रम कार्यान्वयनमा ल्याईने जनाईएको छ ।
पर्यटन विकासनै आर्थिक विकासको मेरुदण्ड भएकाले यहाँको उच्च आर्थिक वृद्धि,रोजगारी र आयआर्जन वितरणलाई तत्काललाई टेवा पु¥याउने प्रतिस्पर्धी क्षेत्रको रुपमा अथाह संम्भावना बोकेको पर्यटन क्षेत्रको विकासलाई उच्चप्राथमिकतामा राखेर कार्यसम्पादन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा समेटिएको छ । गाउपालिकाले आर्कषक,मनोरम र शाहसिक पर्यटकीय गन्तब्यको रुपमा पहिचान स्थापित मुक्तिनाथ मन्दिर, थोरङ पास,झोङ भ्यू टावर,छुसाङको कलात्मक राताम्मे पहाड,तेताङको प्राकृतिक नुनखानी, छुसाङ गुम्बाधाङ, कागबेनी श्राद्धस्थल, सेल्फी डाँडा,तिरी छोङया ताल,ढल्केडाँडा भ्यूटावर र मुस्ताङ—डोल्पा गाउँको लुकेको साङ्ता गाउँको प्रचार÷प्रसार गर्न पर्यटन सूचना केन्द्र र डिजिटर प्रोफाईल मार्फत पर्यटन प्रर्वद्धन गर्ने जनाईएको छ ।
यसैगरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्रले पर्यटन विकासलाई मुख्य प्राथमिकतामा राखेर गाउँपालिका भित्रको ऐतिहाँसिक,धार्मिक,सांस्कृतिक र स्थानीय मौलिकतालाई संरक्षण र जर्गेना गरी पर्यटनसंग जोड्ने नीति लिएको छ । यसै प्रयोजनका लागि हिमाली क्षेत्रको धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ र धज्याङ पर्वलाई प्रर्वद्धन गर्ने नीति लिएको छ ।
वारागुङ मुक्तिक्षेत्रले पालिका भित्र पर्यटकीय सम्पदाको अवलोकन गर्ने पर्यटकलाई पर्यटन शुल्क समेत तोकेको छ । गाउँपालिकाले उद्यान पार्क,चिडियाखाना,ऐतिहाँसिक तथा धार्मिक पुरातात्विक सम्पदा।संग्रालय लगायतको उपयोग र अवलोकन गरे वापत पर्यटन शुल्क तोकेको हो । जसअनुसार भारतीय पर्यटकलाई एक सय,भारतबाहेक सार्क पर्यटकलाई पाँच सय र अन्य मुलुकका पर्यटकलाई एक हजार पर्यटन शुल्क तोकिएको छ ।
८ असार २०८२, सोमबार ०४:०१ मा प्रकाशित
545
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली