जोमसोम—
गत मगलबार साँझको भीषण बाढीले सिंचाई कुलो तथा शाखा सडक लगायतमा क्षति पु¥याएपछि उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका त्यसको मर्मत÷संम्भारकार्य जुटेको छ । बाढीले क्षतिग्रस्त स्थानमा त्यहाँका जनप्रतिनिधि,कर्मचारी र सुरक्षा निकायले बुधबार संयुक्त अनुगमन गरेका थिए । त्यसपछि बिहिबार (आज)देखि त्यहाँ बाढीले क्षति पु¥याएको सिंचाई कुलो तथा अवरुद्ध शाखा सडक खुलाउन लोमान्थाङ गाउँपालिका जुटेको हो ।
उपल्लो मुस्ताङको लोमान्थाङ—४ सम्जुङ गाउँ माथिको लेंकबाट बग्ने छुआमा खोलाबाट अचानक लेदोसहितको भीषण बाढी आएपछि त्यहाँको सडक तथा पुलपुलेसा र सिचाई कुलो ध्वंस्त भएको थियो । गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले लोमान्थाङ गाउँपालिका वडा २ छोसेर र लोमान्थाङ —४ न्याम्डोक गाउँमा लेदोसहितको बाढीले किसानहरुको सिंचाई कुलो ध्वस्त पारेको बताउँनुभयो । बाढीले सिचाई कुलो ध्वस्त पारेपछि त्यहाँका किसानहरु निकै ठुलो समस्यामा परेको अध्यक्ष गुरुङको भनाई छ । बाढीले लोमान्थाङ रिङरोड सडक अन्तर्गत आर्का —भार्सा जोड्ने सडक अवरुद्ध भएको बताउँनुभयो ।
लोमान्थाङ गाउँपालिकाले त्यहाँ पु¥याएको क्षतिको अनुमगन तथा मुल्यांकन सुरु गरिसकेको छ । त्यहाँ गाउँपालिकाले गर्नसक्ने जति सबै काम तत्काल सुरु गर्ने गरी २ वटा डोजर परिचालन गरिसकेको अध्यक्ष गुरुङको भनाई छ ।
उपल्लो मुस्ताङमा बर्सेनि एक बाली मात्रै खेतबारी गर्ने प्रचलन छ । त्यहाँ उवा,फापर,तोरी र गहु लगायतका बर्खेबाली लगाउने गरिएको छ । बाढीले त्यहाँको सिचाई कुलो लगायतमा क्षति पुगेपछि त्यहाँका किसानहरु निकै ठुलो समस्यामा परेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास केसीले उल्लेख गर्नुभयो । त्यहाँ जतिसक्दो छिटो भन्दा छिटो बाढीले बिगारेको सिचाई कुलो मर्मत संम्भार गर्न र आर्का—भार्का जोड्ने सडक मर्मतका लागि २ वटा डोजर फिल्डमा खटाईसकेको उहाँले बताउँनुभयो ।
‘‘गाउँपालिकाको आफ्नै एउँटा डोजर छ, अर्को भाडामा लिएका छौं,’ प्रशासकीय अधिकृत केसीले भन्नुभयो,‘ईन्धन पनि जोहो गर्दैछौं, केहीदिन भित्रै त्यहाँको क्षतिग्रस्त सिंचाई कुलो मर्मतकार्य सम्पन्न गर्ने गरी अघि बढेका छौं ।’’
गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ४० लाख बजेट रहेको र सोही बजेट त्यहाँ खर्च गरिने उहाँले बताउँनुभयो । मंगलबार साँझको छुआमा खोलाको बाढीले ७ वटा पुलमा क्षति पु¥याएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली