मुस्ताङ, २१, साउन ।
उपल्लो मुस्ताङको लोमान्थाङमा यसवर्ष पनि यार्तुङ पर्व २०८३ आयोजना हुने भएको छ । लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लोमान्थाङको सहआयोजनामा यार्तुङ पर्व २०८३ लोमान्थाङमा हुन लागेको हो ।
विविध सांस्कृतिक कार्यक्रम, परम्परागत खेलकुद,स्थानीय कला र हिमाली आतिथ्यता यार्तुङ पर्वको मुख्य आकर्षण रहने छ । पर्वको व्यवस्थापन लोमान्थाङ—५ स्थित लोमान्थाङ युवाक्लव गर्ने भएको छ ।
यार्तुङ पर्व २०८३ को मुख्य आकर्षण कदम घोडा दौड र बार्का घोडा दौड प्रतियोगिता रहने यार्तुङ पर्व २०८३ का सहआयोजक एक्याप लोमान्थाङ प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । तीनदिन सम्म चल्ने यार्तुङ पर्वमा हिमाली संस्कृतिक र सांस्कृतिक कार्यक्रमहरु देखाईने कार्यतालिका रहेको प्रमुख पौडेलले बताउँनुभयो ।
लोमान्थाङमा आयोजना हुने यार्तुङ पर्वमा परम्परागत घोडा चढी संस्कृतिको संरक्षण,सम्वद्र्धन तथा प्रवद्र्धन गर्ने मुख्य उद्देश्य रहेको छ । यार्तुङका अवसरमा घोडा चढी संस्कृतिलाई प्रतियोगितामा समेटिएको छ ।
कदम घोडा दौडको च्याम्पियनले दुई लाख ५० हजार,उपविजेताले दुई लाख रुपैया पाउँने छन् । तेस्रो हुने घोडा धनीले एक लाख रुपैया पुरस्कारको व्यवस्था गरिएको छ ।
यसैगरी बार्का घोडा दौड प्रतियोगिताको च्याम्पियनले एक लाख ५० हजार, उपविजेताले एक लाख र तेस्रो हुने घोडा धनीले पचास हजार रुपैया प्राप्त गर्ने छन् ।
एक्याप प्रमुख पौडेलका अनुसार लोमान्थाङमा आयोजना हुने यार्तुङ पर्व आगामी भदौ एकदेखि तीन गतेसम्म संञ्चालन हुने जानकारी दिनुभयो। ऐतिहाँसिक ,धार्मिक तथा सास्कृतिक राजधानीको रुपमा समेत परिचित लोमान्थाङ गाउँपालिकामा परम्परागत धर्म, संस्कृतिलाई आत्मसाथ गर्दै पर्यटन प्रवद्र्धन गर्ने यार्तुङ पर्वको मुख्य उद्देश्य रहेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली