जोमसोम— मुस्ताङमा एक भारतीय युवा काँकडभित्ता नाका हुँदै तीन महिना खर्चिएर पैदल यात्रा गर्दै बुधबार मुस्ताङ आईपुगेका छन् । अल नेपाल ट्राभल गर्ने क्रममा भारतको चण्डीगढ घर भएका तेईस वर्षीय युवा अभिषेक शर्मा पैदल यात्रा गर्दै मुस्ताङ आईपुगेका हुन् ।
भारतको प्राय सबै स्थानको यात्रा पैदलै पुरा गरेका तेईस वर्षीय युवा शर्माले अल नेपाल ट्राभल गर्ने उद्देश्यले नेपाललाई राजेका हुन् । साथमा अघि र पछि दुई वटा झोला बोकेका उनले नेपाल र भारतको झन्डा समेत बोकेका छन् । साथमा कुनै यात्रा खर्च नलिई एक्लै पैदलै नेपाल ट्राभलमा निस्केका उनले पछाडी पट्टीको झोलामा कृपया खाना खानलाई सहयोग गर्नु होला भने अंग्रेजीमा लेखेका छन् । नेपालमा पैैदल यात्रा गर्दै हिडेका उनले मोवाईल मार्फत श्रव्यदृष्य भिडियो खिचेर आफ्नो च्यानलमा अपलोड गर्ने गरेको बताउँछन् । उनको ईन्डिया ट्राभल्स ब्वाईज ०९ युटुब च्यानल छ ।
मुस्ताङको मुक्तिनाथ दर्शन गरी फर्किने र नेपाल यात्राको ४ महिनापछि रसियाको भ्रमणपनि पैदलै गर्ने बताएका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता