तस्विर : भिमबहादुर रसाईली
जोमसोम—मुस्ताङमा हिमाली संरक्षित दुर्लभ वन्यजन्तु कस्तुरी मृग फेला परेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङ क्षेत्रको घरपझोङ गाउँपालिका—३ पुथाङ एअरपोर्टको कम्पाण्ड बाहिर सोमबार बिहान संरक्षित वन्यजन्तु पोथी कस्तुरी मृग फेला परेको एक्याप जोमसोमले जनाएको छ ।
पुथाङको एअरपोर्ट नजिक कस्तुरी मृग मृत अवस्थामा स्थानीयले देखेपछि एक्याप जोमसोम कार्यालयलाई जानकारी गराईएको थियो । त्यसपछि एक्यापको कर्मचारी टोलीले घटनास्थलमा पुगेको थियो । टोलीले घटना स्थलको अध्ययन र मुचुल्का गरी मृत कस्तुरी मृत त्यहाँबाट एक्याप कार्यालयमा ल्याईएको थियो ।
मुस्ताङमा पहिलो पटक संरक्षित वन्यजन्तु कस्तुरी मृत भेटिएको एक्याप जोमसोमका कार्यालय प्रमुख प्रमोदराज रेग्मीले जानकारी दिए । मृत अवस्थामा फेला परेको कस्तुरी मृगको सोमबार जिल्ला पशु भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र जोमसोमका कार्यालय प्रमुख एवं पशु चिकित्सक लालमणीले पोष्टमाार्टम गरे । पशु चिकित्सकले गरेको पोष्टमार्टम रिपोर्ट अनुसार मृत अवस्थामा फेला परेको कस्तुरी मृगलाई वन्यजन्तु वा छाडा कुकुरको आक्रमणबाट मृत्यु भएको एक्याप कार्यालय प्रमुख रेग्मीले बताए ।

यता, पशु चिकित्सक लालमणी अर्यालले मृत कस्तुरीको विभिन्न भागमा चोटपटक लागेको र कस्तुरीको विभिन्न अंगहरु वन्यजन्तु वा कुकुरले खाई सकेको अवस्था रहेको उल्लेख गरे । ‘ कस्तुरीको शीर देखि तलसम्मको भागमा चाटपटक लागेको छ, शरिर भित्रका महत्वपूणं अगहरुमा पनि छैनन्,’उनले भने हिमचितुवा र बाघले मारेको होईन , हामीले अनुमान गर्दा अन्य वन्यजन्तु वा कुकुरको आक्रमणबाट मरेको अनुमान गरेका छौं ।’
मृत अवस्थामा फेला परेको वयस्क कस्तुरी मृगको वजन अन्दाजी ६ किलो रहेको एक्यापले जनाएको छ । एक्यापले प्रहरी,भेटेरिनरी कार्यालय र पत्रकारहरुको रोहबरमा खाल्डो खनी मृत कस्तुरीलाई नष्ट गरेको छ ।
समून्द्री सतहको २५०० मिटरदेखि ५००० हजार मिटरसम्मको अग्लो उचाई संरक्षित कस्तुरीको मुख्य वासस्थान हो । यो भोजपक्रठिंगुरे सल्ला र मिश्रित वन क्षेत्रमा कस्तुरी पाईने गर्छ । संरक्षित कस्तुरीको लम्बाई ५१ देखि ५३ से.मी. सम्म हुन्छ । यसको तौल ५ केजीदेखि १८ केजीसम्म हुन्छ । कस्तुरीको आयु औसत १२ देखि २० वर्षसम्म हुन्छ । कस्तुरीको मुख्य आहार पात,घाँस, झ्याउ जरा र मुन्टाहरु हुन् ।
भाले कस्तुरीको बिणा अर्थात नाभी जटिबुटीका लागि धेरी मुल्यमा बिक्री हुन्छ । पोथी कस्तुरीको बिणा अर्थात नाभी हुँदैन । संरक्षिण क्षेत्रमा कस्तुरीको नाभी प्राप्तिका लागि अवैंध शिकार हुने गर्छ ।
केही वर्षअघि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ लुप्रा लेंकमा वन्यजन्तुको शिकार गर्ने व्यक्तिहरुले ५ वटा कस्तुरी १ फ्याउरो पासो थापेर मारेका थिए ।
पछिल्लो समय मुस्ताङमा जलवायु परिवर्तनका कारण उच्चलेंकमा चरनक्षेत्रको अभाव हुँदा संरक्षित वन्यजन्तु वस्ती तल झर्ने गरेको पाईएको छ । यसपटक पनि मृत अवस्थामा फेला परेको कस्तुरी आहाराको खोजी गर्दै वस्ती नजिक आएको हुनसक्ने लख काँटिएको छ ।
यसअघि वारागुङ मुक्तिक्षेत्र—३ को समर खोला र वारागुङ—४ को कागबेनीमा हिमचितुवा वस्ती तथा सडक नजिकै भेटिएका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली