जोमसोम—
लुम्बिनी प्रदेशको बुटवल र गण्डकी प्रदेशको मुस्ताङलाई धार्मिक कनेक्टिभिटीमा जोड्ने आफुहरुको लक्ष्य रहेको बुटवल उपमहानगर पालिकाका नगरप्रमुख खेलराज पाण्डेयले बताएका छन् । मुस्ताङको उत्तरी कोरलानाकादेखि दक्षिणको लुम्बिनीसम्मको धार्मिक पर्यटनलाई जोड्न सकेमात्रै बुटवल र मुस्ताङको आर्थिक समृद्धिमा टेवा पुग्ने नगरप्रमुख पाण्डयेले बताउँनुभयो ।
कालिगण्डकी करिडोर अन्तर्गत धार्मिक यात्रा तथा उत्तर÷दक्षिण धार्मिक पर्यटकीय सम्भावनाको बिषयमा जानकारी लिने उद्देश्यले बुटवल उपमहानगरपालिकाको जम्बो टोली मुस्ताङ आएको हो ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा बुटवल उपमहानगर पालिकाका जनप्रतिनिधि एवं कर्मचारीबिच मंगलबार बुटवल र मुस्ताङलाई धार्मिक पर्यटनको सम्भावनाका बिषयमा छलफल तथा अन्तरक्रिया गरिएको छ । मुस्ताङको घरपझोङ गाउँपालिकामा आयोजित अन्तक्रियामा उपमहानगर प्रमुख पाण्डेयले उत्तर÷दक्षिण जोड्ने कालिगण्डकी करिडोर सडकलाई छिटोभन्दा छिटो सम्पन्न गर्नेगरी सबै सरोकारवालाहरुले पहल गर्न आवश्यक रहेको औल्याउनु भयो । ‘ कालिगण्डकी करिडोर सडक सहज हुनसके बुटवलबाट मुस्ताङको यात्रा ८ घण्टामै तय गर्न सकिने भएकाले पर्यटन विकासका लागि सडक स्तरोन्नतिले गति पाउँनु पर्ने धारणा राख्नु भयो । बुटवल हुँदै हजारौ भारतीय पर्यटक मुक्तिनाथ र स्वामीनारायणको दर्शन गर्न आउने उल्लेख गर्दै नगरप्रमुख पाण्डेले यहाँबाट हजारौ बुद्धमार्गीहरु लुम्बिनी दर्शन गर्न जाने भएकाले बुटवल र मुस्ताङको धार्मिक पर्यटनको सम्भावना प्रचुर भएको उल्लेख गर्नुभयो ।
मुस्ताङ र बुटवलको सम्वन्ध ऐतिहाँसिक रहेको चर्चा गर्दै नगरप्रमुख पाण्डेले भन्नुभयो,‘ सडक र प्रविधिको विकास नहुँदा मुस्ताङका नागरिकहरु वैकल्पिक ब्यापारका लागि मुस्ताङ आउथे मुस्ताङको जिम्बु ,पिठो र अन्य यहाँका हिमाली जटिबुटी बुटवलमा बिक्री गथ्र्ये’, नगरप्रमुख पाण्डेले भन्नुभयो,‘ बुटवलबाट गर्मी चढेपछि खाद्यान्न र लत्ताकपडा लिएर घर मुस्ताङ फर्किने गरेको गर्विलो ईतिहाँस छ ।’ नगरप्रमुख पाण्डेयले हामी त्यही ऐतिहाँसिक सम्वन्धलाई जोड्ने गरी धार्मिक पर्यटकीय सम्वानाको खोजी गर्न मुस्ताङ आईपुगेको नगरप्रमुख पाण्डेयको भनाई थियो ।
मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले मुस्ताङ र बुटवलबिचको पारस्परिक सम्वन्ध विस्तारलाई धार्मिक पर्यटनका साथै अन्य विकासका ढोकाहरु खोल्न मार्गप्रसस्त हुने बताउँनुभयो । धार्मिक पर्यटन र कृषि क्षेत्रको समुचित बजारिकणका लागि बुटवलसंग सहकार्य गर्ने गाउँपालिकाको चाहाना भएको अध्यक्ष लालचनको भनाई छ । यसअघि बुटवल उपमहानगर पालिकाको टोलीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पनि धार्मिक पर्यटनका बिषयमा पनि घनिभुत छलफल भएको थियो ।
यसैबिच मुस्ताङको घरपझोङ गाउँपालिका र बुटवल उपमहानगरपालिकाबिच चार बुँदे सम्झौता भएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो । सम्झौतापत्रमा घरपझोङ अध्यक्ष लाललचन र बुटवल उपमहानगर प्रमुख पाण्डयेबिच ४ बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीको भनाई छ ।
सम्झौतामा बुटवल उपमहानगर र घरपझोङ गाउँपालिकाबिच पर्यटन प्रर्वद्धन,विकास निर्माण,सेवा प्रवाह र सुशासन प्रर्वद्धन सम्वन्धमा कार्यान्वयनमा रहेका असल अभ्यासलाई निरन्तरता दिने सहमति भएको छ । दुई स्थानीय तहबित आगामी दिनमा धार्मिक पर्यटन प्रर्वद्धन,कालिगण्डकी करिडोरलाई धार्मिक पर्यटकीय मार्गको रुपमा विकास गर्ने र एकआपसमा विकास निर्माण र सेवाप्रवाहमा समन्वय र सहकार्य आदाना÷प्रदान दिने गरी भगिनी सम्वन्ध कायम गर्ने निर्णय गरिएको छ ।
बुटवल—मुक्तिनाथ पदमार्गको क्षेत्रमा अवस्थित सम्पूर्ण स्थानीय सरकारको संयुक्त भेला आयोजना गरी धार्मिक पर्यटन प्रर्वद्धन र यसको थप प्रभावकारिता ल्याउन पहल गर्ने निर्णय भएको छ ।
यसैगरी मुस्ताङमा उत्पादित स्थानीय उत्पादनको प्रर्वद्धन तथा बजार व्यवस्थापनबा बुटवल उपमहानगरपालिकाले पहल गर्ने र बुटवल उपमहानगरपालिकाको उत्पादनको प्रर्वद्धनमा घरपझोङ गाउँपालिकाले सहयोग पु¥याउने द्धिपक्षिय सम्झौता भएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली