जोमसोम ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले त्यहाँका वडा नं। एक र दुई वडा जोड्ने छोर्तेन छोमा पुल निर्माणकार्यलाई अन्तिम चरणमा पु¥याएको जनाएको छ । गाउँपालिकाको वित्तिय समानिकरण बजेट विनियोजन गरी त्यहाँको वडा एक र दुईसहित झोङ गुफा र निफुक गुम्बा जोड्ने पक्की मोटरेबल पुल निर्माण योजना अघि बढाईएको थियो ।
यहाँ पक्की पुल निर्माणका लागि लोमान्थाङ गाउँपालिकाले १० माघ २०८१ मा माछापुच्छ«े ईन्जिनियरिङ प्राईभेट लिमिटेड निर्माण कम्पनीसंग ७८ लाख २० हजार ८३६ रुपैया लागतमा ठेक्का सम्झौता गरेको थियो । एक वर्ष कार्यसम्पन्न अवधि रहेको लोमान्थाङ एक र दुई वडा जोड्ने छोर्तेन छोमा पक्की पुल आगामी १० माघसम्म रहेको गाउँपालिकाका सवईन्जिनियर उदय तिमिल्सिनाले जानकारी दिनुभयो ।
यहाँ पुलको भौतिक प्रगति ६० प्रतिशत र वित्तिय प्रगति २० प्रतिशत रहेको यहाँका सवईन्जिनियर तिमिल्सिनाले उल्लेख गर्नुभयो । यहाँ ८ मिटर लम्बाई र ५ मिटर चौडा पक्की पुल निर्माणधिन रहेको र पुल निर्माणकार्य तोकिएको अवधिमै सम्पन्न हुने सवईन्जिनियर तिमिल्सिनाको भनाई छ । यहाँको निर्माणधिन पुलमा दुईतर्फी फाउन्डेसन वाल निर्माणसहित पुलको स्लाप ढलान अन्तिम चरणमा रहेको उहाँको भनाई छ ।
यहा पुल निर्माण सम्पन्न भएमा कोरलानाका अवलोकन गरी फर्किने पर्यटकहरुलाई छोसेर न्हेचुङ स्थित बीओपी क्याम्प तलबाट त्यहाँका मानव निर्मित गुफा अवलोकन गर्न सहज हुने गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ बर्खायामपनि बाह्रै महिना सवारी साधन लिएर त्यहाँको निफुक गुम्बा दर्शन गर्न सहज हुनेछ । यसैगरी पुल निर्माणले गाउँपालिका कार्यालय केन्द्रबाट त्यहाँको वडा एक र दुईलाई समेत जोड्ने भएकाले स्थानीय नागरिकहरुलाई आवतजावतमा निकै सहज हुने गाउँपालिका अध्यक्ष गुरुङको भनाई छ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्तर्गत वडा एक र दुईको छोसेर गाउँ नेपाल—चिन उत्तरी कोरलानाकाबाट यता १६ किमी दक्षिणमा पर्दछ । पछिल्लो समय यहाँको झोङ गुफा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु अवलोकनका लागि त्यहाँ पुग्ने गरेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता