यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोममा निर्माणधिन बहुउद्देश्यीय कभर्ड हल दुई वर्षदेखि अलपत्र पर्दैआईरहेको छ । सरकारले दीर्घकालिन महत्वको ’एक स्थानीय तह एक खेलग्राम’ सहितको कभर्ड हल पूर्वाधारका लागि बहुर्षीय योजना अघि बढाएको हो । हाल उक्त निमाणधीन बहुउद्देश्यीय कभर्ड हल बजेट विनियोजन नहुँदा अलपत्र परेको छ।
आ.व. २०७६÷०७७ सालमा यहाँको जोमसोममा सुविधा सम्पन्न दुईतले बहुउद्देश्यीय कभर्ड हल निर्माणकार्य सुरु गरिएको थियो । संघीय,प्रादेशिक र स्थानीय तहको संयुक्त लागत साझेदारीमा निर्माणधीन जोमसोम स्थित बहुउद्देश्यीय कभर्ड हल विगत दुई वर्षदेखि रोकिएको छ ।
कभर्ड हलको लागत ६ करोड ५८ लाख रुपैया तय गरिएको छ । ईनडोर खेलमैदान लगायत विभिन्न पूर्वाधारहरुको व्यवस्थापन गर्ने गरि निर्माण थालनी गरिएको जोमसोम स्थित बहुउद्देश्यीय कभर्ड संघ,प्रदेश र स्थानीय तहको टुक्रे बजेट र समयमा आवश्यक बजेट नहुँदा निर्माणकार्य सम्पन्न हुन विलम्व भएको हो ।
समयमै बजेट सुनिश्चितता नहुने र बजेट विनियोजन योजनाको लागत अनुपात भन्दा ज्यादै न्यून बजेट हुँदा कर्भड हल निर्माणले गति लिन नसकेको घरपझोङ गाउँपालिकाका ईन्जिनीयर चक्र बमले जानकारी दिनुभयो । योजना सुरु भएको छ वर्ष बितिसक्दा यसको भौतिक प्रगति ४० प्रतिशत मात्रै रहेको ईन्जिनीयर बमले उल्लेख गर्नुभयो ।
यहाँको निर्माणधीन कभर्ड हल योजना कार्यान्वयनमा आएको पहिलो वर्ष संघीय सरकारबाट ४० लाख,प्रदेशबाट ५० लाख र घरपझोङ गाउँपालिकाको समपुरक बजेट १५ लाख गरी एक करोड ५ लाख रुपैया लागत साझेदारी गरिएको थियो ।
यसैगरी कभर्ड हल निर्माणका लागि आ.व. २०७७÷०७८ मा प्रदेश सरकारबाट २५ लाख र स्थानीय तहबाट १७ लाख गरी ४२ लाख रुपैया बजेटबाट कभर्ड हल निर्माणलाई जसोतसो निरन्तरता दिईएको थियो ।
कभर्ड हल निर्माणको तेस्रो वर्ष आ.व. २०७८÷०७९ मा संघ÷प्रदेश र स्थानीय तहको गरी ३२ लाखले कभर्ड हल निर्माणलाई जेनतेन अघि बढाईएको थियो । आ.व २०८०÷०८१ मा कभर्ड हल निर्माणका लागि ढिलै भएपनि संघीय सरकारबाट ३२ लाख र स्थानीय तहको समपुरक बजेट २० लाख गरी ५२ लाख बजेट परेको थियो । पछिल्लो समय घरपझोङमा निर्माधीन कभर्ड हलमा दुई करोड बढी बजेट खर्च भईसकेको ईन्जिनीयर बमले बताउँनुभयो ।
निर्माण सुरु भएको ६ वर्ष पुग्दा कभर्ड हलको दशर्क बस्ने प्याराफिट र भईतला स्टक्चर निर्माण भएका छन् । समग्रतामा कभर्ड हलको दुई तला स्टक्चर उठिसकेको छ । कभर्डहरुको भित्र र बाहिरका कभर्डमा विभिन्न कक्षको कोठाहरुको संरचना तयार भएको छ ।कभर्ड हलमा फलामे ढोकाहरु पनि जडान गरिएको छ ।
जोमसोम खेल मैदानमा ७ सयदेखि ८ सय दर्शक अट्ने छन् । २ तले कभर्ड हलको नमूना डिजाइन प्रदेश सरकारले पठाएपछि घरपझोङ गाउँपालिकाले कभर्ड हलको डिपिआर निर्माण गरेको थियो । यसको लम्बाई ४५ मिटर र चौडाई २५ मिटर हुनेछ । जोमसोममा निर्माणाधीन २ तले कभर्ड हलमा इन्डोर भलिबल खेल मैदान, अफिस कोठा, चेन्जिङ रुम, प्याराफिट, भिआइपी कक्ष, मेडिकल हल, शौचालय लगायतका पूर्वाधार निर्माण हुने योजना थियो ।
घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले कभर्ड हल निर्माणकार्य सम्पन्न गर्नका लागि संघीय र प्रदेश सरकारसंग बजेट माग गरिएको भएपनि पछिल्लो समय बजेट विनियोजन हुन नसकेका बताउँनुभयो । स्थानीय तहले चाहेर पनि कभर्ड हल निर्माणको काम सम्पन्न गर्न नसक्ने भएकाले उपल्लो निकायको ध्यानाकर्ष गर्ने काम भईरहेको बताउँनुभयो ।
मुस्ताङका ५ स्थानीय तहमा सुविधा सम्पन्न इन्डोर खेल मैदान (कभर्ड हल) नहुँदा यहाँ विभिन्न खेलकुदकम कार्यक्रम आयोजना गर्न निकै कठिनाइ पर्ने गर्छ ।
समुद्री सतहबाट २ हजार ७ सय मिटर उचाइमा अवस्थित मुस्ताङको जोमसोममा दिउँसो १२ बजेपछि बेजोडले हावाहुरी चल्ने हुँदा यहाँ आउट डोर खेल सञ्चालन गर्न कठिन हुन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली