मुस्ताङ, १८, बैशाख ।
यहाँको घरपझोङ गाउँपालिका—४ जोमसोम स्थित जनहित माध्यमिक बिद्यालयमा शुक्रबार अन्तर बिद्यालय जिल्ला स्तरीय सिर्जनात्मक लेखनकला प्रतियोगिता भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय ,सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत एकिकृत सेवा कार्यालय मुस्ताङको आयोजना तथा शिक्षा विकास तथा समन्वय ईकाई मुस्ताङको समन्वयमा यहाँका बिद्यार्थीहरुका लागि सिर्जनात्मक लेखन कार्यशाला चलाएको हो ।
बिद्यार्थीहरुको लेखन कलाको विकास, सिर्जनात्मक सोचको वृद्धि ,भाषिक ज्ञानको सुधार गराउने र आफ्ना विचार स्पष्ट रुपमा पस्कन सिकाउने क्षमताको विकास गर्ने उद्देश्यले सिर्जनात्मक लेखन कार्यशाला आयोजना गरिएको हो ।
मुस्ताङको थासाङ ,घरपझोङ ,वारागुङ मुक्तिक्षेत्र र लोमान्थाङ गाउँपालिका अन्तर्गतका कुल नौ वटा सामुदायिक,संस्थागत र गुम्बा बिद्यालय गरी नौ वटा बिद्यालयका छात्र÷छात्रा बिद्यार्थीहरुले सिर्जनात्मक लेखन कला प्रतियोगितामा सहभागिता जनाएको एकिकृत सेवा कार्यालय प्रमुख निरपति दर्जीले जानकारी दिनुभयो । लेखन कला प्रतिस्पर्धामा थासाङ गाउँपालिकाबाट जनआर्दश माध्यमिक विद्यालय कोवाङ, नालन्द बुद्धिस्ट बिद्यालय टुकुचे ,घरपझोङ गाउँपालिकाबाट जनहित माध्यमिक विद्यालय जोमसोम, धौलागिरी बोर्डिङ जोमसोम र जनवाल माध्यमिक बिद्यालय मार्फाका बिद्यार्थीहरुले सहभागिता जनाएका हुन् ।

यसैगरी वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाबाट जनशान्ति माध्यमिक बिद्यालय कागबेनी र जननर्मल माध्यमिक बिद्यालय छुसाङ र लोमान्थाङ गाउँपालिकाबाट दिव्यदीप माध्यमिक बिद्यालय छोसेर र श्री पाल एवंम् नाम्ग्याल गुम्बा बिद्यालयका बिद्यार्थीहरुले निबन्ध लेखन प्रतियोगितामा भाग लिएका थिए ।
लेखन प्रतियोगितामा जनहित माध्यमिक बिद्यालय जोमसोमका जीवन बुढाथोकी प्रथम र जेनिसा गौचन दोस्रो भएका छन् । यस्तै, जनवाल माध्यमिक बिद्यालय मार्फाका अम्बिका खातीले तृतीय स्थान हासिल गर्दा जननर्मल माध्यमिक बिद्यालय छुसाङका बिद्यार्थी विरेन्द्र विक स्वान्तवा भए ।
सिर्जनात्मक लेखक प्रतियोगिताका प्रथम,द्धितीय ,तृतीय र सान्त्वना हुने बिद्यार्थीहरुलाई एकिकृत सेवा कार्यालयले नगद पुरस्कारसहित प्रमाणपत्रले पुरस्कृत गरेको कार्यालय प्रमसख दर्जीले बताउँनुभयो ।
प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामेश्वर लामिछाने, घरपझोङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख शिव गिरी र वारागुङ मुक्तिक्षेत्रका शिक्षा शाखा प्रमुख रेखा पन्त रहेका थिए ।

जनहित माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामचन्द्र अधिकारीले यसप्रकारको सिर्जनात्मक लेखन कलाले बिद्यार्थीहरुको भाषिक क्षमताको विकास र कुनै विषयको सतहीमा पुगेर विश्लेषण गर्न प्रेरित गराउने बताउँनुभयो । शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख रामेश्वर लामिछानेले यसप्रकारको लेखन कला अभ्यास र प्रतिस्पर्धाले बिद्यार्थीहरुको सिर्जनात्मक क्षमता वृद्धि विकासमा योगदान पु¥याउने बताउँनुभयो ।———
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता