घरपझोङको मुख्य प्रायोजनमा ७ औं ‘ टुर डि पोखरा’ साईकल ¥याली



पोखरा— पोखरामा ७ औं‘ टुर डि पोखरा’साईकल ¥याली आयोजना भएको छ । स्वास्थ्य ,वातावरण र पर्यटन प्रर्वद्धनका लागि साईकल भन्ने मूलनारासहित साईकल सिटी पोखराले शनिबारसाईकल ¥याली आयोजना गरेको हो ।

साईक्लिङका माध्यमबाट मानव स्वास्थ्यको रक्षा,वातावरण संरक्षण तथा पर्यटन प्रर्वद्धनमा योगदान दिने उद्देश्यसहित पोखरामा ७ औं टुर दि पोखरा साईकल ¥याली आयोजना गरिएको हो । पोखराको सभागृह चोकबाट शुभारम्भ भएको टुर दि पोखरा साईकल ¥याली कार्यक्रमलाई मुस्ताङको घरपझोङ गाउँपालिकाले मुख्य प्रयोजना गरेर सहयोग पु¥याएको साईकल सिटी पोखराले जनाएको छ ।

७ औं ‘टुर दि पोखरा’ साईकल ¥याली कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास ,युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापा स्वास्थ्य,वातावरण तथा पर्यटन प्रर्वद्धनका लागि साईकल ¥याली कार्यक्रमले महत्वपूर्ण सन्देश प्रवाह गर्ने बताए । उनले साइक्लिङका माध्यमबाट ईन्धनको बचत गर्न, मानव स्वास्थ्यलाई सधै चुस्त र यसका माध्यमबाट पर्यटन विकासमा टेवा पू¥याउन साईकल ¥याली कार्यक्रम फलदायी रहने बिश्वास व्यक्त गर्दै । मन्त्री थापाले  वातावरण र पर्यटनका लागि हुने यसप्रकारका कार्यक्रमलाई गण्डकी प्रद्े्श सरकारले सधै सहयोग र सहकार्य गर्ने बताए ।

 स्वास्थ्य,वातावरण र पर्यटनका लागि पोखरामा सन् २०१२ देखि साईकल सिटी पोखराले निरन्तर साईकल ¥याली गर्दै आईरहेको अध्यक्ष श्यामकृष्ण श्रेष्ठ जानकारी दिए ।उनले पर्यावरणको रक्षा,मानव स्वास्थ्यलाई सन्तुलित राख्न र साईक्लिङका माध्यमबाट गण्डकी प्रदेशको पर्यटन विकासमा सहयोग पू¥याउन कार्यक्रम आयोजना गर्ने गरिएको बताए ।


७ औं ‘टुर दि पोखरा’साईकल ¥याली कार्यक्रममा मुस्ताङको घरपझोङ गाउँपालिकाका अध्यक्ष एवं साईकल सिटी पोखराका आजिवन सदस्य तथा सल्लाहाकार मोहनसिंह लालचनले साईक्लङ ¥यालीका माध्यमबाट पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने प्रसस्तै आधारहरु रहेको दाबी गरे । अध्यक्ष लालचनले पोखराको सन्देशले हिमालको पर्यटनमा योगदान दिने सकिने भएकाले७ औं टुर दि पोखरा’ ¥याली कार्यक्रमलाई प्रायोजन गरी सहकार्य अघि बढाएको बताए । मुस्ताङमा पनि पर्यटन विकासका लागि साईक्लिङको हबको सम्भावना रहेकाले यसप्रकारका कार्यक्रमलाई हिमालसम्म जोड्ने पर्ने सुझाए ।

पोखरामा आयोजित ७ औं ‘टुर दि पोखरा साईक्लिङ ¥यालीमा काठमान्डौ,भक्तपुर,ललितपुर ,स्याङ,मुस्ताङ,पोखरासहित केही विदेशीको समेत सहभागीता रहेको जनाईएको छ । ¥यालीमा करिव ५ सय बढी साईकलिस्टले स्वास्थ्य,वातावरण र पर्यटन प्रर्वद्धनात्मक सन्देशसहित पोखरा बजार परिक्रम ग¥यो । पोखरा सभागृह चोकबाट सुरु भएको टुर दि पोखरा साईकल ¥यालीले पृथ्वीचोक,अमरसिंह चोक,रामबजार, महेन्द्रपुल,बगर, नदिपुर, सृजनाचोक,लेकसाईड हुदै पुन सभागृह चोकमा पुगेर अन्त्य भएको थियो ।


¥याली अघि साईक्लिङ विधिमा योगदान दिएका विभिन्न व्यक्तिहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा खेलकुद मन्त्री विन्दुकुमार थापा र घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले सम्मानसहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।



प्रतिक्रिया