हिमालपारि मुस्ताङमा अख्तियार

जोमसोम— अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोली बिहिबारदेखि मुस्ताङमा छ । आयोगका पोखरा स्थित अख्तियार प्रमुख आश्मन तामाङसहित अख्तियारको टोली ‘ भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्वन्धि कार्यक्रम लिएर मुस्ताङ आएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयको टोलीले  हिमाली जिल्ला मुस्ताङका ५ वटै पालिकालाई दुई चरण गरी पालिका स्तरीय अन्तरक्रिया संम्पन्न गरेको छ । पहिलो चरणमा उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकका सरोकारवाला निकायहरुलाई समेट्ने गरी लोमान्थाङमा अख्तियार कार्यालय पोखराले कार्यक्रम गरेको हो । अख्तियार पोखराले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन सम्वन्धि कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि,कर्मचारी र अन्य सरोकारवाला निकायका प्रतिनिधि गरी करिव ६० जनाले उपस्थिती जनाएका थिए ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले दोश्रो चरणमा मुस्ताङको तल्लो क्षेत्रका स्थानीय तहलाई समेट्ने गरी शुक्रबार जोमसोममा सुशासन प्रर्वद्धन सम्वन्धि कार्यक्रम आयोजना गरेको हो । अख्तियार कार्यालय पोखराद्वारा आयोजित भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धन संम्वन्धि स्थानीय तह स्तरीय अन्तरक्रियामा अख्तियार कार्यालय पोखराका प्रमुख आश्मान तामाङले स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिहरु आफ्नै कमिकमजोरीका कारण फस्ने गरेको बताए । स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधिहरुको खरिद प्रक्रिया, लागत स्टमेट,सामान प्रयोगका मापदण्ड पुरा  , स्थानीय तहका कागजी प्रक्रिया पूर्ण रुपमा पुरा र आफ्नो जिम्मेवारी अनुसार पदीय दायित्व पुरा गरेमा अख्तियारामा जती उजुरी परेपनि नफस्ने स्पष्ट पारे ।

अीख्तयार प्रमुख तामाङले भौतिक चिन्तनले सुशासन प्रर्वद्धनमा क्रप्सन निम्त्याउने भएकाले आध्यामिक चिन्तन लिन सके भ्रष्टाचार नियन्त्रणलाई न्यूनिकरण गर्न सकिने बताए । समाजमा सबै खाले भ्रष्टाचारका प्रकृतिहरु देखा पर्ने भएपनि यसलाई नियन्त्रण गर्नको पहिलो विकल्प व्यक्ति स्वंम जिम्मेवार हुने जनाए । कार्यालय प्रमुख तामाङले भ्रष्टाचार क्यान्सर रोग जस्तै डरलाग्दो भएको उल्लेख गर्दै यसको न्यूनिकरण तथा रोकथामका लागि भ्रष्टाचार न्यूनिकरण गर्न यस्ता प्रवृद्धिलाई निरुत्साहित गरिनु पर्ने जनाए । 

भ्रष्टाचारको अन्त्य र सुशासन प्रर्वद्धनका लागि सबै भन्दा पहिलो नागरिक स्वंय सचेत रहनु पर्ने कार्यालय प्रमुख तामाङको भनाई छ । स्थानीय तहले गर्ने कार्यक्रम ऐन नियम, कानुन र कार्यविधि अनुचार चल्नुपर्ने उल्लेख गर्दै अख्तियार प्रमुख तामाङले कुनै अमुक निकाय र व्यक्तिलाई फाईदा पुग्ने गरी निर्णय गर्दा र पारदर्शीता अपनाउन नसक्दा कर्मचारी तथा जनप्रतिनिधिहरु फस्ने गरेको उल्लेख गरे । उनले अख्तियारमा उजुरी पर्दैमा डराउन नपर्ने र यदी अनुसन्धानमा दोषी देखिएमा अख्तियारले मुद्धा दायर गरेर कारवाही प्रक्रिया अघि बढाउन बताए ।‘खाएको विष लाग्छ,नखाएको विष लाग्दैन,’अख्तियार कार्यालय पोखराका प्रमुख तामाङले भने,  स्थानीय तहका कर्मचारी तथा जनप्रतिनिधि विरुद्ध विभिन्न खाले उजुरी अख्तियारमा पर्ने गरेको सुनाए । उनले अख्तियार पोखराले उजुरी परेका मध्ये २० प्रतिशत उजुरीलाई कारवाही प्रक्रिया अघि बढाएको छ ,मुस्ताङमा पनि केही उजुरी परेका छन् ।’

मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले कार्यान्वयन गर्ने निकाय र व्यक्तिमा सकारात्मक सोचको विकास हुन नसक्दा विथितिहरु मौलाउने गरेको बताए । उनले सकारात्मक सोचले मात्रै सकारात्मक परिवर्तन र प्रतिफल दिन सक्ने भएकाले सुशासन कार्यान्वयनमा सबैको भूमिका अपिहार्य भएको जनाए । उनले सकारात्मक सोचलाई व्यवहारिक रुपमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मुस्ताङका ५ वटै स्थानीय तहका पालिका अध्यक्षहरुले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रर्वद्धनका अख्तियारको कार्यक्रमले थप जिम्मेवार बनाएको बताए । स्थानीय तहका जनप्रतिनिधि कानुन र नियम बारे अनविज्ञ रहने गरेकाले पनि कहिले काँही यसप्रकार समस्या आउने गरेको सुनाए । 

अख्तियार पोखराका प्रमुख आश्मान तामाङले गण्डकी प्रदेशमा अख्तियारमा परेका उजुरी र अख्तियारको कार्यक्षेत्र र अख्तियारले गरेका उजुरीका प्रकृति र तीनको विश्लेष्णात्मक प्रस्तुतीकरण गरेका थिए ।

 अख्तियारको कार्यक्रममा विभिन्न व्यक्तिहरुले जिज्ञासा प्रकट गरेका थिए । अख्तियारको कार्यक्रममा अनाधिकृत सरकारी जग्गाको दोहन,प्राकृतिक श्रोतसाधनको दोहन तथा प्राकृतिक विपद्को जोखिम  र विकास निर्माणमा देखिएका ढिलासुस्तीका विषयमा  सरोकारवालाहरु प्रश्न राखेका थिए ।


प्रतिक्रिया