गण्डकी प्रदेशको शीर मुस्ताङमा विश्व उपभोक्ता अधिकार दिवस मनाईएको छ । दिवसका अवसरमा आज हिमाली जिल्ला मुस्ताङमा भजन÷चुड्का ¥याली समेतको पदयात्रा गरिएको छ । वर्सेनि मार्च १५ तारिखमा मनाईने विश्व उपभोक्ता अधिकार दिवसमा मुस्ताङको जोमसोममा उपभोक्ता अधिकार सम्वन्धि लेखिएका ब्यानर र प्लेकार्डसहितको भजन÷चुड्का ¥याली पदयात्रा निकालेर जोमसोम बजार परिक्रमा गरिएको छ ।
पर्यटन तथा उद्योग कार्यालय मुस्ताङको आयोजना तथा विभिन्न संघसंस्थाहरुको सहकार्र्यमा मुस्ताङमा विश्व उपभोक्ता अधिकार दिवस मनाईएको हो । मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद भुसालको उपस्थितीमा, उपभोक्त हित संरक्षण मञ्च मुस्ताङ, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि,सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि, आमा समुह,युवाक्लव, शिक्षक,विद्यार्थी,नागरिक समाज,पर्यटन व्यवसायी र पत्रकार लगायतको सहभागीमा उपभोक्तालाई सचेतना अभिवृद्धि गराउँदै मुस्ताङमा भजन÷चुड्कासहितको ¥याली आयोजना गरिएको पर्यटन तथा उद्योग कार्यालय मुस्ताङका प्रमुख प्रेम पौडेलले जानकारी दिनुुभयो ।
विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा राष्ट्रिय लोक भजन÷चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ल कार्यसमिति मुस्ताङले उपभोक्ता हकहित र अधिकार सम्वन्धि सन्देशसहितको भजन चुड्का ¥याली निकालेकोको प्रतिष्ठान शाखा मुस्ताङका संस्थापक अध्यक्ष नारायण पौडेलले जानकारी दिनुभयो । उपभोक्त अधिकारका लागि सेवाग्राहीनै सचेत हुनुपर्ने र यसमा सेवाप्रदायक निकाय पनि जिम्मेवार रहनुपर्ने सन्देशसहित भजन ÷चुड्का ¥याली निकालेर दिवसमा सहकार्य गरेको संस्थापक अध्यक्ष पौडेलले जनाउँनभयो ।
विश्व उपभोक्ता अधिकार दिवसमा आयोजित प्लेकार्ड र ब्यानरसहितको भजन÷चुड्का ¥यालीपछि आयोजितक कार्यक्रम घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले उपभोक्ता र सेवाग्राही सचेत भएमात्रै उपभोक्ताका अधिकार सुनिश्चित हुने बताउँनुभयो । धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटक तथा स्थानीय नागरिकहरुको उपभोक्ता अधिकारको उल्लेखित सेवा प्राप्त गर्ने सेवामा कुण्ठित हुन नहुने बताउँनुभयो । उपभोक्ताहरुको हकहित अधिकारका गाउँपालिकाले विभिन्न चरणमा अनुगमन तथा सचेतना सम्वन्धि कार्यक्रम गर्दैआईरहेको अध्यक्ष लालचनले जानकारी दिनुभयो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकार बिष्णुप्रसाद भुसालले मानवका लागि आवश्यक पर्ने हरेक सेवा र अधिकार उपभोक्ता हकहितको पक्षमा हुनुपर्ने बताउँनुभयो । खरिदकर्ता र बिक्रेताले हरेक सेवा र वस्तुको सेवामा सचेत भएर ध्यानपु¥याउन सकेमात्रै उपभोक्ताहरुको अधिकार र स्वास्थ्य रक्षामा सहयोग पुग्ने बताउँनुभयो । प्रजिअ भुसालले मासु जन्य पदार्थ, खाद्य वस्तु , औषधिहरुमा स्पष्ट मिति ÷ समय,गुणस्तर,तौल र स्वाच्छतामा ध्यान पुग्नुपर्ने बताउँनुभयो । प्रजिअ भुसाले कसैले पनि उपभोक्ता ठग्ने मनसाय र अखाद्य वस्तु र पदार्थको खरिद बिक्री गरेको पाईएका कानुन बमाृजिम कारवाही हुने जनाउँनुभयो ।
घरपझोङका निमिक्त कार्यालय प्रमुख हिमलाल शर्माले नागरिक सचेतनाका लागि हुने यसप्रकारका कार्यक्रममा स्थानीयको उपस्थिती न्यून हुने गरेको बताउँनुुभयो ।
कार्यक्रममा राष्ट्रिय लोक भजन÷चुड्का संरक्षण प्रतिष्ठान जिल्ला कार्यसमितिले उपभोक्ता अधिकार सम्वन्धि नृत्य र भजन प्रस्तुत गरेको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता