जलवायु परिवर्तनका कारण लगातार तीन वर्षसम्म राम्ररी हिउँ पर्न नसकेको हिमाली जिल्ला मुस्ताङमा योवर्ष कार्तिकमै हिउँ परेको छ । मंगलबार बिहानैदेखि परेको हिउँ निरन्तर परिरहेको छ । अक्सर मंसिर महिनाको अन्त्यतीर पर्नुपर्ने हिउँ कार्तिकमै परेको हो ।
मुस्ताङीले केहीवर्षयता भारी मात्राको हिमपात देख्न पाएका थिएन् । जसका कारण यहाँको कृषि ,पर्यटन र जैविक विविधतामा नकारात्मक असर पु¥याएको थियो । यहाँ यसवर्ष समून्द्री सतहको तीन हजार मिटर माथिको उचाईमा हिमपात भएको हो । तर मुक्तिनाथ र उपल्लो मुस्ताङको घमीदेखि माथि बस्ती र उच्चलेंकमा हिमपात भईरहेको छ । प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर र त्यसआसपासका क्षेत्रहरुमा हिउँ पर्ने क्रम रोकिएको छैन । तर वारागुङ मुक्तिक्षेत्र—३ छुसाङदेखि तल्लो क्षेत्रका बस्तीहरुमा निरन्तर वर्षा भईरहेको छ भने बस्तीदेखि माथिका उच्चलेंकहरुमा हिउँ परेको छ । मनाङ हुँदै थोरङलापास पदमार्ग, जोमसोम,ठिनी हुँदै तिलिचो जाने नमुखलेंकदेखि मेसोकोन्दो पास पदमार्ग र धौलागिरी आईसफलको धम्पुस पिक पदमार्ग लगायतका स्थानमा बाक्लो हिउँ पर्दा पदमार्गहरु अवरुद्ध भएको छ । उपल्लो मुस्ताङको कोरला सडकमा पनि हिउँ पर्दा सवारी साधन जान सकस छ । स्थानीय प्रशासनले यसअघिनै सार्वजनिक सूचना प्रकाशित गरी उच्च स्थानका पर्यटकीय पदमार्गमा यात्रा नगर्न समेत आग्रह गरिसकेको छ ।
यहाँको मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीहरु सकसमा परेका छन् । वर्षासंगै हिमपात हुँदा मुक्तिनाथ दर्शन गर्ने दर्शनार्थीलाई हिउँले सास्ती पु¥याएको छ । मुक्तिनाथ पुगेका दर्शनार्थी हिमपातसंगै चिसो अत्यधिक बढेका कारण र स्नानकुण्डमा हिउँ जमेका कारण स्नान गर्ने र १०८ धारामा नुहाएर मन्दिरको दर्शन गर्न सक्ने अवस्था नरहेको बताईएको छ । जसोतसो मुक्तिनाथ दर्शन गरी फर्किएका सवारी साधन तथा यात्रुहरु सडकमा जमेको हिउँका कारण खिङ्गाबाट तल झर्न सक्ने अवस्था नरहेको वारागुङ मुक्तिक्षेत्र—१ वडाध्यक्ष प्रवेश गुरुङले जानकारी दिनुभयो । यता, यहाँको प्रहरी प्रशासनले पनि कागबेनीदेखि मुक्तिनाथसम्मको सडकमा यात्रा नगर्नु भने अनुरोध गरेको बताएको छ । अहिलेसम्म हिमपातका कारण स्थानीय र पर्यटकको दैनिक जनजिवन प्रभावित भएपनि हिउँका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको प्रशासनको भनाई छ ।
वारागुङ—१ वडाध्यक्ष प्रमेश गुरुङले हिमाली क्षेत्रमा अनुकुल समय हिमपात हुनु स्वभाविक भएतापनि यसवर्ष कार्तिक महिनामै हिउँ पर्दा आश्चार्य तुल्याएको बताउँनुभयो । हिउँले कृषि,पर्यटन र पशुपालन क्षेत्रलाई फाईदा पुग्ने भएपनि बाक्लो हिमपातका कारण स्याउ लगायतका बोटविरुवाहरुलाई आशिंक क्षति पु¥याएको वडाध्यक्ष गुरुङको भनाई छ । यतिबेला उवा र जौ लगाउने बेलामा हिमपात हुँदा यहाँका कृषकहरु नयाँबाली लगाउन नपाएको वडाध्यक्ष गुरुङको भनाई छ ।
मुस्ताङमा स्याउको पोस्ट हार्भेस्ट अन्तिम चरणमा पुगेको छ । स्याउको पोस्ट हार्भेस्ट सकिए लगत्तै मंसिर महिनामा यहाँका स्याउका बोटहरु पात झरेर उजाड हुन्छन् । ‘स्याउको पात झर्ने बेला यसप्रकारको हिउँ परेको भए राम्रो हुन्थ्यो, केही छिटो हिउँ प¥यो,’ वडाध्यक्ष गुरुङले भन्नुभयो,‘तैपनी हिउँले आशिंक असर पु¥याएपनि समग्रमा अहिले परेको हिउँले कृषक,पर्यटन व्यवसायी र जैविक विविधतालाई राम्रो फाईदा पुगेको छ ।’
यसवर्ष कार्तिकमै परेको हिउँले उच्चलेंकको चरनक्षेत्रमा पशुपालनका लागि निकै राम्रो हुने भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख डा. लालमणि अर्यालले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण अनुकुल समयमा हिउँ नपर्दा उच्चलेंक चरनक्षेत्रमा घाँस पलाउन छोडेको र अनाधिकृत घाँस पलाउने गर्दा पशुपालन व्यवसाय संकटमा पर्दैगईरहेकोमा यसवर्षको हिउँले पशुपालकहरुका लागि चरनक्षेत्र सहज हुने अपेक्षा गर्नुभयो । अनुकुल मौसममा हिउँ नपर्दा उच्चलेंकका वन्यजन्तु आहाराको खोजीमा बस्ती नजिक आउने गर्दा मानव र हिउँ चितुवाबिचको द्धन्द बढेको थियो । चरनक्षेत्रमा पर्याप्त मात्रामा घाँस पलाउन सकेमा पशुपालक र वन्यजन्तुहरुका लागि राम्रो हुने डा. अर्यालले उल्लेख गर्नुभयो ।
यसैगरी यसवर्षको हिमपातले यहाँ स्याउ लगायतका अन्नबालीहरुलाई राम्रो फाईदा पुग्ने कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख राजेश गुरुङको भनाई छ । स्याउ हार्भेस्ट सकेर अर्को महिना स्याउ बगैचा व्यवस्थापन गर्ने पूर्व सन्ध्यामा परेको हिउँ किसानका लागि बरदान सावित भएको केन्द्र प्रमुख गुरुङको भनाई छ । उहाँका अनुसार हिमपातले कृषकको अन्नबाली उत्पादन गर्ने जमिनको माटोलाई मुलायम बनाउने र यसले जमिनको भित्री तहसम्म रिचार्ज गर्ने भएकाले कृषि उपजका लागि हिउँ पर्नु शुभ संकेत मानिएको उहाँको भनाई छ । हिउँदयामको पूर्वसन्ध्यामा परेको हिउँले स्याउ,उवा,फापर,जौ, मकै लगायतका अन्नबाली उत्पादनमा सिंचाईको काम गर्ने जनाइएको छ । हिउँले यहाँको रैथानेबालीमा लाग्ने रोककिराहरुको संक्रमणहरुलाई समेत न्यूनिकरण गर्ने भएकाले उत्पादन क्षमतासमेत अभिवृद्धि गर्ने केन्द्र प्रमुख गुरुङको भनाई छ ।
यसवर्ष थप दुई÷तीन यही रफ्तारले हिउँ परेमा मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न सकिने मुक्तिनाथ स्थित होटल ग्राण्ड साम्वलाका संञ्चालक सुरज गुरुङले जनाउँनुभयो । विगत तीन वर्षदेखि मुस्ताङमा राम्ररी हिउँ नपर्दा राष्ट्रिय स्की प्रतियोगिता आयोजना गर्न नसकिएको संञ्चालक गुरुङको भनाई छ । नेपाल स्की संघले तीन वर्षअघि लगातार तीन संस्करण मुक्तिनाथ क्षेत्रमा राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न गरिसकेको गुरुङको भनाई छ ।
‘यहाँ तीन वर्षदेखि हिउँ राम्ररी परेको थिएन, यो वर्ष कार्तिकमै हिउँ पर्न थालेको छ,’संञ्चालक गुरुङले भने,‘ यस्तै रफ्तारले हिउँ पर्दै गएमा स्की प्रतियोगिता आयोजना गर्न सकिन्छ होला, पर्याप्त हिउँ जमेमा मुक्तिनाथ पाखोमा स्की टोलीलाई खबर गर्नेछौं ।’
मुस्ताङमा भईरहेको हिमपातले पर्यटन प्रर्वद्धनमा टेवा पु¥याउने जनप्रिय युवाक्लवका अध्यक्ष कैसाङ ठोक्या ठकुरीले उल्लेख गर्नुभयो । हिउँ खेल्न र हिउँसंगै रमाउन पर्यटकहरु मुस्ताङ आउनसक्ने भएकाले यहाँका पर्यटन प्रर्वद्धनमा सघाउ पु¥याउने अध्यक्ष ठकुरीको भनाई छ । ‘हिउँ छिटो परेकाले जमिनमा अडिन समय लाग्न सक्छ, यस्तै तरिकाले २/३ दिनसम्म हिउँ परेमा यहाँका बस्ती र डाँडाकाँढा झनै सेताम्मे हुने भएकाले हिउँ निरन्तर पर्नपर्ने आवश्यकता रहेको छ,’— अध्यक्ष गुरुङले भने ।’ जलवायु परिवर्तनका कारण मुस्ताङमा असमान प्रकारको हिमपात हुने गरेको अध्यक्ष गुरुङको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली