मुस्ताङको लोघेकर दामोदरकुण्ड बन्यो हरित उर्जा गाउँपालिका

यहाँको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले सौर्य उर्जा प्रणाली जडित हरित उर्जा प्रयोगमा ल्याएको छ ।गाउँ पालिकाले यो प्रविधि हालै सञ्चालनमा ल्याएको हो ।

जलवायु क्षति न्यूनिकरण तथा वातावरणीय स्वच्छता कायम गर्दै सौर्य उर्जा प्रणाली मार्फत गाउँपालिकाको आर्थिक भार कम गराउने उद्देश्यले हरित सौर्य उर्जा प्रयोगमा ल्याएको हो । गाउँपालिकाले हरित उर्जा प्रयोगमा ल्याएसंगै हरित उर्जा घोषणा गर्ने तयारी समेत गरेको छ ।

प्राकृतिक सौन्दर्य र जैविक विविधता संरक्षण तथा वातावरणीय प्रदुषणले मानव स्वास्थ्य समेत असर पुग्ने र जलवायु परिवर्तनको असरले पारिस्थितक प्रणाली (ईको सिस्टम)मा प्रभाव पार्ने भएकाले हरित उर्जा प्रविधि उपयोगी हुने गाउँपालिकाको बुझाई छ ।

गाउँपालिकाद्वारा कार्यान्वयनमा ल्याएको सौर्य उर्जा प्रविधिको हरित उर्जा विकासले गाउँपालिका भित्रका नागरिकहरुलाई समेत सकारात्मक प्रभाव पार्ने गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गर्नुभयो । बढ्दो कार्वन उत्र्सजनलाई घटाउन यसप्रकारका प्रविधि उपयोगी हुने अध्यक्ष बिष्टको भनाई छ ।

 सौय उर्जा प्रविधिको हरित उर्जा विकासका लागि गाउँपालिकाले पालिकालाई आवश्यक पर्ने सौर्य उर्जा क्षमता व्यवस्थापन गर्न बेट्री र सोलार प्यानल लगायतका आवश्यक उपकरणहरुको व्यवस्थापन गरिसकेको  छ ।

सौर्य उर्जा प्रविधिबाट हरित उर्जा प्रयोगमा आएसंगै गाउँपालिका भित्रका सबै प्रशासनिक शाखाहरुमा गरिने सम्पूर्ण ईलेक्ट्रोनिक कार्यहरु हरित उर्जानै प्रयोग जनाईएको छ । यसप्रकारको हरित उर्जा प्रविधिले गाउँपालिकाको कार्यसम्पादनलाई समेत निकै सहज तुल्याएको छ ।  गाउँपालिकाले यसप्रकारको हरित उर्जा प्रविधिलाई ५ वटै वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा पनि पु¥याउने लक्ष्य लिएको छ ।

 वातावरणीय जोखिम कम गर्दै दिगो विकासमा जोड दिने सरकारको दीर्घकालिन लक्ष्य अनुसार हरित सौर्य उर्जा प्रविधि जडान गरिएको हो ।


प्रतिक्रिया