जोमसोम—नयां वर्षसंगै चैते दशैका दिन हिमाली जिल्लामा वर्षा भएको छ । नयाँ साल फेरिएपछि आज चैते दशैको दिन साँझ ५ बजेदेखि मुस्ताङमा वर्षा भएको हो ।
मुस्ताङलाई पानी नपर्ने जिल्लाको रुपमा परिभाषित गर्ने गरिन्छ । पानी परिहालेपनि छिटफुट वर्षा बाहेक लामो समय यहाँ पानी पर्दैनथ्यो । त्यसैले त हिमाली जिल्ला मुस्ताङमा ढुङ्गा र माटोले घरहरु निर्माण गर्ने गरिन्थ्यो । यस्तो घरहरुको छत माथि क्रंक्रिट ढलान नभई सख्खर माटो बिच्याईन्थ्यो । यसरी घरहरु निर्माण गर्दा हिउँदयामको जाडो महिनामा समेत चिसोले मानिसलाई सताउँदैनथ्यो ।
तर, जलवायु परिवर्तनका कारण मौसम परिवर्तन हुन थालेपछि यहाँको पुराना ढुङ्गा र माटोले बनेका घरहरु वर्षाका कारण जोखिममा पर्न थालेका छन् । पानीनै नपर्ने मुस्ताङमा अचेल बढी मात्रामा पानी पर्न थालेको छ ।
पछिल्लो समयमा सडक संञ्जाल सहज हुँदै गईरहेको र मुस्ताङमा निरन्तर वर्षा हुन थालेपछि यहाँका स्थानीय नागरिकहरुले ढुङ्गा र माटोले घर निर्माण गर्न छाडेर आरसीसी घरहरु निर्माण गर्न थालेका छन् । पछिल्लो समयमा क्रंकिट प्रयोग गरेर ठुला ठुला बंगला घरहरु बन्न थालेका छन् । जसका कारण मुस्ताङको ऐतिहाँसिक चिनारी समेत लोप हुने खतरा छ ।
यो समयमा शीतोष्ण हिउँदे फलफूलहरुको फूल फक्रन समय हो । यसैले पनि बढी मात्रामा वर्षा र असिना पर्न थाले किसानको फलफूल तथा तरकारी नष्ट हुने जोखिम छ । यो समय हिउँदे फलफूल बोटमा परागसेचन हुने समयमा भएकाले प्रतिकुल मौसम भएको अवस्थामा हिउँदे फलफूल बोटहरुले गुणस्तरीय फल र उत्पादन कम दिनसक्ने निश्चित छ । गत वर्ष जलवायु परिवर्तनका कारण प्रतिकुल मौसमका कारण स्याउ लगायतका हिउँदे फलफूलहरुको उत्पादनमा ह्रास आएको थियो ।
जलवायु परिवर्तनका कारण हिमाली जिल्ला मुस्ताङमा हिउँ पर्ने समयमा हिउँ नपर्ने, कुनै सिजन भारी हिमपात हुने गरेको छ । जलवायुका कारण यहाँका तापमान वृद्धि हुँदा हिमाली जिल्ला मुस्ताङका शाखा नदीहरु हिउँ पग्लिएर खोलमा बाढी आउने घटनाहरु बढ्दै जान थालेको छ । तापक्रम बढ्दा यहाँको कृषि उत्पादनमा विभिन्न रोगका संक्रमण देखा पर्न थालेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली