सुटुक्कै मुस्ताङ आईपुगे मेयर बालेन्द्र शाह , घरपझोङमा २ मिनेट साक्षात्कार


जोमसोम—काठमान्डौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गरेका छन् । राष्ट्रिय गौरवको (बेनी—जोमसोम) सडकमार्ग हुँदै शुक्रबार मुस्ताङ आईपुगेका मेयर शाहले शनिबार बिहान मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन् ।
 मेयर शाह एक जना स्वकीय सचिवलाई साथमा लिएर काठमान्डौंदेखि आफैले सवारी साधन चलाएर अनौपचारिक भ्रमणका रुपमा मुस्ताङ आईपुगेका थिए । मेयर शाहले बिहान करिव १० बजेतीर मुक्तिनाथको दर्शन गरेको मुक्तिनाथ मन्दिरमा कार्यरत पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।‘काठमान्डौं महानगरपालिकाका मेयर साप यहाँ आउनु भएको थियो , उहाँल१०८ धारामा स्नान गरी टिका र आर्शिवाद ग्रहण गर्नुभयो,मन्दिरका पुजारी शाहले भने,‘ त्यसपछि उहाँले मुक्तिनाथ दर्शन गर्नुभयो, त्यसपछि उहाँ दर्शन गरी फर्किनु भयो ।’



मुक्तिनाथ दर्शन गर्न आएका काठमान्डौंका मेयर शाह मुस्ताङका  कुनै पनि स्थानीय तह र सरकारी कार्यालयलाई जानकारी नदिई  सुटुक्क धावनमार्ग हुँदै मुस्ताङ आईपुगेका थिए । शाहले मुक्तिनाथ मन्दिरको दर्शन गरी मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ स्थित प्रसिद्ध धार्मिक श्राद्धस्थल कागबेनीधामको समेत अवलोकन गरे । मुक्तिनाथ दर्शनका लागि आएका मेयर कागबेनी र मुक्तिनाथ पुगेर फर्किएका हुन् । मुस्ताङ आएका मेयर शाहसंग बसेर तस्विर खिचाईएका पोस्टहरु समेत सामाजिक संञ्जालमा सार्वजनिक भएका छन् ।


छठ पर्व र शनिबारको बिदा अवसर पारेर हतार हतार मुक्तिनाथ दर्शन गर्न आईपुगेका मेयर शाह कुनै पनि स्थानमा सार्वजनिक हुन भने चाहेनन् । मुक्तिनाथको दर्शन गरी फर्किएका मेयर शाहले मुस्ताङको घरपझोङ गाउँपालिकाका आतिथ्यतालाई शिरोपर गर्दै ५ मिनेटको समय बिताए । घरपझोङ गाउँपालिकामा प्रवेश गरेका मेयर शाहलाई गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन र उपाध्यक्ष जमुना थकाली लगायत गाउँपालिकाका कर्मचारीले स्वागत गरेका थिए ।


 मुस्ताङको अनौपचारिक भ्रमणमा निस्किएका मेयर शाहलाई गाउँपालिका अध्यक्ष मोहनसिंंह लालचनले स्याउको स्वरुप मायाको चिनो उपहार दिएका थिए । यस्तै गाउँपालिकाकी उपाध्यक्ष जमुना थकालीले मेयर शाहलाई थकाली संस्कृति झल्काउने एक थान तामाको मकल झ्यापिन उपहार प्रदान गरेकी थिईन् ।

सो अवसरमा मेयर शाहले बाहिरैबाट गाउँपालिकाको भौतिक संरचना अवलोकन गरेका थिए ।  गाउँपालिकाका कार्यालयले स्थानीय तहमा कार्यसम्पादन हुने असल अभ्यासका बिषयमा अनुभव आदान÷प्रदान गर्ने योजना बनाईएको भएपनि मेयर शाहको कार्यव्यवस्ताले त्यो सम्भव नभएको घरपझोङका अध्यक्ष लालचनले बताए ।


 मेयर शाह आजै काठमान्डौं पुग्ने गरी मुस्ताङबाट बाहिरिएका छन् ।


प्रतिक्रिया