मुस्ताङकै ईतिहाँसमा कदम घोडा दौड प्रतियोगिता

जोमसोम—मुस्ताङकै ईतिहाँसमा पहिलोपल्ट कदम घोडा दौड प्रतियोगिता आयोजना भएको छ । जनप्रिय युवाक्लव पुराङरानीपौवा मुक्तिनाथले यार्तुङ मेलाको अवसरमा आईतबार फरक प्रकारको कदम घोडा दौड प्रतियोगिता आयोजना गरेको हो ।

त्यसो त यसखालको प्रतियोगिता मुस्ताङमा मात्रै होईन हिमाली जिल्ला मनाङ र उपल्लो डोल्पा समेत भएको थिएन । यस पृथक खालको प्रतियोगिताका लागि दुई दाजुभाई ङुटुक गुरुङ (टाईगर),कर्मा गुरुङका उनका भान्जा भीम गुरुङ संयुक्त रुपमा आर्थिक पुरस्कार सहायता गरेपछि कार्यक्रम संञ्चालन गरिएको हो ।

कदम घोडा दौड प्रतियोगिताको मूल्यांकन केवल घोडा रेशमा मात्रै नभई घोडा र घोडा हाक्ने व्यक्तिको भेषभूषा,साजसज्जा र घोडाको कुद्नै शैली लगायतका सबै पक्ष समेटिएको हुन्छ । यो प्रतियोगिताको मूल्यांकन गर्ने निर्णायकहरु घोडाको सबै पक्षमा उत्र्तिकै दख्खल र अनुभव प्राप्त हुनुपर्ने हुन्छ । मुक्तिनाथ यार्तुङको अवसरमा यस खालको प्रतियोगिताका लागि  ५ जना निर्णायक क्लवले चुनेको थियो । जुन घोडाको बिषयमा विशिष्ट जानकार प्राप्त व्यक्ति थिए ।


मुस्ताङकै ईतिहाँसमा पहिलोपटक आयोजित कदम घोडा प्रतियोगितामा उपल्लो मुस्ताङबाट प्रतिनिधित्व गर्दै लोघेकर दामोदरकुण्ड गाउँपालिका—४ घाराका किमी छोटेन गुरुङ र मनाङ जिल्ला चामे —४ बाट छिरिङ धोर्जे लामा निर्णायक रुपमा चुनिएका थिए । यस्तै वारागुङ मुक्तिक्षेत्र —१ खिङ्गाका ढाङ नाम्गेल गुरुङ,वारागुङ—४ तिरीबाट नर्बु गुरुङ र वारागुङ—१ झारकोटका बाबुकाजी ठकुरीलाई जनप्रिय युवाक्लवले कदम घोडा दौड प्रतियोगिताका लागि निर्णायक रुपमा अनुबन्धित गरेको थियो ।

 यार्तुङ मेला कदम घोडा प्रतियोगिताका लागि ५ जना निर्णायक थिए । कुल ५० पूर्णाङक निर्धारण गरिएको प्रतियोगितामा सबै निर्णायकले १०÷१० अंकमा रहेर प्रतियोगिहरुलाई अंक प्रदान गरिएको थियो । सबै निर्णायकले घोडा दौडका सहभागिहरुको मूल्यांकन गर्दै अलग÷अलग अंक प्रदान गर्दा जसले बढी अंक प्राप्त ग¥यो उही च्याम्पियन हुने गरी प्रतियोगिता सम्पन्न गरिएको घोडा दौड निर्णायक मध्येका एक किमी छोटेन गुरुङले जानकारी दिए ।

 आईतबार सम्पन्न मुक्तिनाथ यार्तुङ मेला २०८१ को कदम घोडा दौड प्रतियोगितामा सतप्रतिशत अंक प्राप्त गर्दै मनाङबाट सहभागि भुजुङ गुरुङको ‘साक्पा’ नामक घोडा च्याम्पियन बनेको थियो । उक्त घोडाले ५० पूर्णाङकमा ५० अंक प्राप्त गरेको थियो । घोडा टंकी मनाङका ढेन्डुक गुरुङले हाँकेका थिए ।


यस्तै, कदम घोडा दौडतर्फ वारागुङ मुक्तिक्षेत्र—३ छुसाङका कान्छा गुरुङको ‘मनाङे’ नामक घोडा उपविजेता बन्यो । उक्त घोडा टसीबाबु गुरुङले हाँकेका थिए । मनाङकै अर्को  रेम्बो नामक घोडा तेस्रो भयो । खुसी तामाङको उक्त घोडा उनी आफैले हाँकेका थिए । कदम घोडा दौडतर्फ १८ प्रतियोगिले भाग लिएका थिए । कदम घोडा दौडका च्याम्पियन र अन्यलाई जनप्रिय युवाक्लवले खाँदा लगाएर सम्मान गरेको थियो । क्लवले दौडका प्रतियोगितालाई क्रमशः १ लाख,५० हजार र २५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान ग¥यो ।

 यसअघि क्लवले घोडा दौड प्रतियोगिता गरेको थियो । पुराङ रानीपौवा मुक्तिनाथ क्षेत्रको ५ किमी दुरीमा भएको रेशमा वारागुङ मुक्तिक्षेत्र—१ झारकोटका नम्डु गुरुङको सिंकी घोडा च्याम्पियन बन्यो । योसंगै उनले नगद ५० हजारसहित शिल्ड,मेडल र प्रमाणपत्र पाए । प्रतियोगितामा दोस्रो पनि नम्डुकै ‘धुजघर’नामक घोडा भयो । योसंगै उनले अर्को २५ हजार पुरस्कारसहित मेडल र प्रमाणपत्र पाए । तेस्रोमा बिरे सुनारले हाँकेका ‘रेम्बो घोडा भयो । उक्त घोडा मनाङका खुसी तामाङको घोडा थियो । उनले नगद १० हजारसहित मेडल र प्रमाणपत्र हात पारे । झारकोटका नम्डुको सिंकी घोडाले यसवर्ष लगातार ह्याट्रिक पुरा गरेको छ । यसअघि उक्त घोडाले मुस्ताङको स्याङमा आयोजित खिला मेला र कागबेनी यार्तुङ मेलामा च्याम्पिन बनेको थियो ।


प्रतिक्रिया