पछिल्लो केहीवर्ष यता मुस्ताङमा अनाधिकृत छाँडा भुस्याहा कुकुरको आतंकले स्थानीय नागरिक र कृषकहरुमा जोखिम सृजना गरेको छ । बर्सेनि यहाँ छाडा कुकुरको नियन्त्रण तथा व्यवस्थापनमा सरोकारवाला निकायबाट निरन्तर प्रयास गरिएतापनि छाँडा भुस्याहा कुकुर नियन्त्रण हुन सकिरहेको छैन ।
यहाँका पाँच वटै स्थानीय तहमा पालैपालो छाँडा भुस्याहा कुकुर व्यवस्थापन सम्वन्धि बन्ध्याकरण शिविर संञ्चालन गरिएको छ । लोमान्थाङबाट सुरु भएको अभियान शिविर अहिले घरपझोङ गाउँपालिकामा छ ।
छाडा रुपमा हिडडुल गरिरहेका भुस्याहा कुकुरहरुको जत्थाले स्थानीय नागरिकहरुलाई टोक्ने, भुकेर सास्तीदिने देखि यहाँका कृषकहरुको घरपालुवा जनावरलाई समेत आक्रमण गरी क्षति पु¥याउने तथा कृषकको बालीनालीमा असर पु¥याउने लगायतका कारण मुस्ताङमा भुस्याहा कुकुर आतंक व्यवस्थापनमा चुनौति थपिएको हो ।
लमजुङको बेसी सहरदेखि राउण्ड अन्नपूर्ण चर्किय पदमार्ग अन्तर्गत मनाङ हुँदै थोरङ्लापास गरी मुस्ताङ भित्रिने पर्यटकहरुको पछिपछि लाग्दै छाँडा भुस्याहा कुकुर जोमसोम आउने गरेको एक्याप जोमसोमका वरिष्ठ प्राकृतिक श्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिनुभयो । मनाङबाट मुस्ताङ आउने विदेशी पर्यटकहरुले कुकुरहरुलाई खानेकुरा दिएर लोभ्याउने र त्यसैका कारण पर्यटकहरुलाई पछ्याउँदै छाँडा कुकुरहरु मुस्ताङ भित्रिने गरेको वरिष्ठ प्राकृतिक श्रोत संरक्षण सहायक थकालीको भनाई छ ।
मनाङ हुँदै जोमसोम आईपुगेका पर्यटकहरु यहाँबाट हवाईमार्गबाट पोखरा जाने र यसरी पछि लागेर आएका छाँडा कुकुरहरु यही अलपत्र गरी बस्ने लगायतका कारण छाँडा कुकुर नियन्त्रण तथा व्यवस्थापनमा समस्या देखिएको थकालीको भनाई छ ।
बर्सेनि यहाँका पाँच वटै स्थानीय तहको समन्वय र सहकार्यमा छाँडा कुकुर नियन्त्रण तथा व्यवस्थापनका कार्यक्रमहरु भईरहेका छन् । गतवर्ष मुस्ताङमा ३४४ वटा छाँडा कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको थियो । चालु आर्थिक वर्षमा पनि एक्याप कार्यालयले यहाँ छाँडा कुकर व्यवस्थापन कार्यक्रम आयोजना गरेको एक्यापका वरिष्ठ प्राकृतिक श्रोत संरक्षण सहायक संजोग थकालीले जानकारी दिनुभयो । एक्याप लोमान्थाङ र जोमसोमको अगल÷अलग ५÷५ लाख बजेट मार्फत जिल्लाका पाँचै वडा स्थानीय तहमा छाँडा कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर आयोजना गरिएको उहाँको भनाई छ ।
विगतका वर्षहरुमा यहाँ छाँडा भुस्याहा कुकुर व्यवस्थापन गर्नमा छुटेका र नयाँ थपिएका कुकुरहरुलाई व्यवस्थापन गर्ने उद्देश्यले माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्डबाट सुरु भएको कार्यक्रममा तल्लो मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा सकेर घरपझोङ गाउँपालिका जोमसोममा कुकुर बन्ध्याकरण शिविर संञ्चालन भएको हो । यसपछि यहाँको थासाङ गाउँपालिकामा पुगेर छाँडा कुकुर बन्ध्याकरण शिविर सकिने जनाईएको छ ।
एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलका अनुसार माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा २२ वटा छाँडा कुकुरको स्थायी बन्ध्याकरण भएको जानकारी दिनुभयो । यसैगरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुक्तिनाथ,झोङ, पुडाक,धार्काजुङ लगायतका स्थानमा गरी १४ वटा छाँडा कुकुरको बन्ध्याकरण सकिएको एक्यापले जनाएको छ । घरपझोङको जोमसोममा २५ वटा भन्दा बढी छाँडा कुकुरहरुको बन्ध्याकरण गरी व्यवस्थापन गरिएको एक्याप जोमसोमको भनाई छ ।
यहाँ आयोजित छाँडा कुकुर व्यवस्थापनका लागि कुकुर बन्ध्याकरणमा एक्याप सम्पर्क कार्यालयबाट पुश चिकित्सक डा. सुरेश नेपाली ,(डा.) दिपेश गुरुङ र (डा.) अमृत पौडेल लगायतको टोली खटिएको हो । छाँडा कुकुर व्यवस्थापनका लागि कुकुरको भालेपोथीको बन्ध्याकरणका साथै कुकुरमा भाईरल रोग लाग्ने क्यानाईन डिस्टेम्पर र रेविजको परीक्षण गरिएको छ । क्यानाईन डिस्टेम्पर भाईरल रोग कुुकुरमा संक्रमण रहँदा कुकुरलाई हिमचितुवाले आक्रमण गरी खाईदिदाँ हिउँ चितुवामा समेत रोग सर्नसक्ने भएकाले यसको परीक्षण गरिएको पशु चिकित्सक सुरेश नेपालीले जानकारी दिनुभयो ।
यहाँ छाँडा भुस्याहा कुकुर व्यवस्थापन गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत जैविक विविधता संरक्षण केन्द्र चितवनबाट बाघ छोप्ने नेपालका चर्चित प्राविधिक फिरुलाल महतोर रमेश दराई कुकुर छोप्नेकार्यमा जुटेका थिए ।
यहाँ कुकुर व्यवस्थापनका लागि १५ मिटरको दुरीबाट डोरटिङ्ग गरी कुकुरलाई बेहोस गरी नियन्त्रणमा लिने, जालीको प्रयोग गरी बिस्कुट दिएर र सुतिरहेको अवस्थामा नियन्त्रणमा लिने र स्नेर अर्थात पासो लगाएर नियन्त्रणमा लिएर बेहोस बनाई छाँडा कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली