गण्डकी प्रदेशको राजधानी पोखरामा पशु क्वारेन्टाइन कार्यालय स्थापना भएको छ । कार्यालयअन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, पोखरामा अन्तर्राष्ट्रिय र मुस्ताङ्गस्थित कोरला नाकामा सीमा गरि दुई स्थायी चेकपोष्ट रहने भएका छन् ।
८ साउन ०८२ मा नेपाल राजपत्रमा प्रकाशित भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको सूचनामा उल्लेख भएअनुसार नेपाल सरकारले पशु स्वास्थ्य तथा पशु सेवा ऐन, ०५५ को दफा ३ ले दिएको अधिकार प्रयोगगरी नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्र्तगतको पशु सेवा विभागले क्वारेन्टाइन कार्यालय सञ्चालनमा ल्याएको हो ।
पोखरा लामपाटनमा स्थापना गरिएको क्वारेन्टाइन कार्यालयको मन्त्रालयका सहसचिव डा। पशुपति ढुंगाना एवं पशु सेवा विभागका महानिर्देशक डा। रामनन्दन तिवारीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।
कार्यालयका प्रमुख डा। किरण पाण्डेका अनुसार कोरला नाकाबाट आयात निर्यात निरन्तर रुपमा बढिरहेको तथा अन्तराष्ट्रिय विमानस्थल छिट्टै पूर्णरुपमा सञ्चालन हुन गइरहेको परिवेशमा गण्डकी प्रदेशमा पशुपन्छी, पशुपन्छीजन्य उत्पादन, पशुपन्छी उत्पादन सामाग्री मार्फत रोग भित्रिन नदिन, रोगको सम्भावित संक्रमणलाई कम गर्न तथा रोगको प्रभावकारी नियमन गर्न कार्यालय स्थापना गरिएको हो ।
कार्यालय स्थापनापछि पशुपन्छीजन्य उत्पादनको राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन गर्न सहयोग पुगे पाण्डेले जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता