मुस्ताङ— स्याउ तथा अन्य फलफूल तरकारीको नर्सरी स्थापना गर्न उपल्लो मुस्ताङमा शीतोष्ण बागवानी विकास केन्द्र मार्फाको शाखा कार्यालयको क्षेत्र विस्तार गर्ने प्रारम्भिक तयारी गरिएको छ । स्याउको राजधानी मुस्ताङलाई स्याउ खेतीलाई शताब्दीसम्म संंरक्षण गर्न उपल्लो मुस्ताङमा स्याउ तथा अन्य फलफूलहरुको नर्सरी स्थापना गर्ने अवधारणा तयार गरिएको हो ।
मुस्ताङको मार्फामा शीतोष्ण बागवानी विकास केन्द्रको कार्यालय छ । त्यहाँ स्याउ तथा शीतोष्ण हावापानीमा उत्पादन हुने हाईचिलिङ भेराईटीका फलफूल तथा तरकारीका बीउ र विरुवा उत्पादन हुन्छ । स्थानीय कृषकलाई फलफूल तथा तरकारी खेती सिकाउँदै आईरहेको केन्द्रले विरुवा तथा बिउँ उत्पादनमा जोड दिएको छ । मार्फा केन्द्रमा ओखर,आरु,आरुबखडा,खुर्पानी,कागती बदाम जस्ता हिउँदे फलफूलको विरुवा र बिउँ उत्पादन हुँने भएपनि जलवायु परिवर्तनको असरका कारण स्याउ खेतीतर्फ प्रत्यक्ष÷परोक्ष असर पर्दैआईरहेको छ ।जसका कारण विरुवा तथा बिउँ उत्पादनका साथै गुणस्तरीय स्याउ उत्पादनमा समेत प्रतिकुल असर परिरहेको छ । जलवायु परिवर्तनका कारण अनुकुल समयमा हिउँ नपर्ने ,वर्षा हुँने र बेमौसमे हिमपात हुँने र तापक्रम वृद्धिका कारण स्याउमा विभिन्न रोग संक्रमण देखा पर्ने गरेकाले शीतोष्ण बागवानी विकास केन्द्रले मार्फाले उपल्लो मुस्ताङमा स्याउ तथा अन्य फलफूलहरुको कालान्तरसम्म संरक्षण गर्न केन्द्रको शाखा कार्यालय विस्तार गर्ने अवधारणा तयार गरेको हो ।
यसै प्रयोजनका लागि बिहिबार कृषि विभाग शाखा कार्यालय स्थापनाका गर्नका लागि बृहत्त छलफल भएको छ । उपल्लो मुस्ताङमा स्याउ तथा अन्य फलफूलहरु खेतीको विस्तार,प्रर्वद्धन तथा संरक्षण गर्ने उद्देश्यसहित केन्द्रको शाखा कार्यालय स्थापनाका लागि प्रारम्भिक पहल सुरु गरिएको हो । कृषि विभागका महानिर्देशक हरिबहादुर केसीको अध्यक्षतामा भएको सो छलफलमा विभागका उपमहानिर्देशक अरुण काफ्ले, र।ाष्ट्रिय फलफूल विकास केन्द्रकी प्रमुख शाान्ता कार्की, लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट,विभागका वरिष्ठ कृषि अर्थ विज्ञ तिलकराज चौलागाई,राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपूरका वरिष्ठ बागवानी विकास अधिकृत सूर्यप्रसाद बराल र शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका निमित्त कार्यालय प्रमुख पद्मनाथ आत्रेय लगायतको उपस्थिती रहेको थियो ।
जलवायु परिवर्तनका कारण संकटमा पर्न थालेको स्याउ खेती संरक्षण गर्न कृषि विभाग मातहतमा रहेका निकाय शीतोष्ण बागवानी विकास केन्द्र मार्र्फा कार्यालयको क्षेत्र विस्तार गरी लोघेकर दामोदरकुण्ड गाउँपालिकामा स्थायी केन्द्र स्थापना गर्न महत्वपूर्ण निर्णय गरिएको छ । बागवानी विकास केन्द्र मार्फाको अवधारण अनुसार बनाईएको मोडालिटीले थप गृहकार्य गर्ने र उपल्लो मुस्ताङमा यसको संम्भाव्यता अध्ययन ÷अनुसन्धान क्षेत्र पहिचान गरी विज्ञ टोली चाँडै सो क्षेत्रमा खटाउने कृषि विकास विभागले लिखित सहमती जनाएको केन्द्रका निमित्त प्रमुख पद्मनाथ आत्रेयले जानकारी दिए ।
शीतोष्ण बागवानी विकास केन्द्रमा हाल ४२ प्रजातीका स्याउका विरुवा उत्पादन हुन्छ । तर,यी बिरुवा तापक्रम वृद्धि र अनुकुल मौसम नहुँदा संकटमा पर्ने भएकाले उपल्लो मुस्ताङमा शाखा क्षेत्र विस्तारको आश्यकता महशुस गरिएको हो । शाखा विस्तार भएमा उपल्लो मुस्ताङमा स्याउ लगायतका फलफूलको क्षेत्र विस्तार गर्न सहज हुनेछ भने यसले आलु र तरकारी उत्पादनमा समेत थप टेवा पुग्ने विश्वाश गरिएको छ ।
पछिल्लो समय जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भईरहेकाले मुस्ताङमा स्याउ खेतीले बसाई सर्न थालेको अनुमुती हुन थालेको छ । अहिलेको अवस्थामा समून्द्री सतहदेखि ३ हजारदेखि ४ हजार मिटरको उचाईमा स्याउ तथा हिउँदे तरकारीका लागि उपयुक्त हावापानी अनुकुल हुँने केन्द्रका निमित्त प्रमुख आत्रेयको भनाई छ । ‘हामीले उपल्लो भेंकमा शाखा कार्यालय स्थापनाको प्रस्ताव गरेका छौं,यसमा सबैको सहमती जुटी सकेको छ, केन्द्रका निमित्त प्रमुख आत्रेयले भने,‘ चैत्र÷बैशाखमा कृषि विभागले त्यहाँको वस्तुगत भूगोलको अध्ययन गर्नेछ ,सो प्रतिवेदनले गरेको निर्णय अनुसार शाखा कार्यालयका लागि जग्गा प्राप्ति प्रक्रियासंगै अन्य कामहरु सुरु हुन्छ ।
छलफलमा बागवानीको क्षेत्र विस्तारका लागि विज्ञसहितको अध्ययन ÷अनुसन्धान टोलीले गरेको सिफारिसका आधारमा फलफूल नर्सरी स्थापनाको प्रयोजनका लागि लोघेकरको सार्वजनिक जमिन आवश्यकता पर्ने भएकाले त्यसका लागि जग्गा प्राप्तिको प्रक्रिया अघि बढाईने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । यसका लागि स्थानीय जग्गा सिफारिस समिति,नापी र मालपोत लगायतका कार्यालयलाई समन्वय गर्न अनुरोध गर्ने निर्णय भएको अध्यक्ष बिष्टको भनाई छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली