कोरलानाका नजिकै जीप दुर्घटना हुँदा चालक गम्भिर घाईते, सशस्त्र प्रहरीद्वारा उद्दार गरिंदै
काठमान्डौं पोखरा हुँदै मुस्ताङको नेपाल—चीन उत्तरी कोरलानाकातर्फ जाँदै गरेको ग १ च २२५५ नम्बरको टोयटा हायस जीप सोमबार (आज) बिहान दुर्घटना भएको छ । चालकसहित पाँच जना यात्रु सवार टोयटा जीप कोरलानाका नजिकै अनियन्त्रित भई दुर्घटना भएको सशस्त्र प्रहरी बल नेपाल ३३ गुल्मका गणपति प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।
कोरलानाका स्थित एक किलोमिटर दक्षिणको भिरालो सडकमा सवारी दुर्घटना भएको हो । जीप दुर्घटना हुँदा तारकेश्वर नगरपालिका—५ टोखा निवासी जीपका चालक ३१ वर्षीय नागमिन सुब्बा घाईते भएको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते चालक सुब्बालाई सशस्त्र प्रहरीद्वारा कोरलानाकाबाट उद्दार गरी जोमसोम अस्पतालतर्फ ल्याउँदै गरेको सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।
घाईते चालकको अवस्था हेर्दा गम्भिर रहेको देखिएपनि अस्पताल पु¥याएपछि मात्रै विस्तृत विवरण थाहा हुने सशस्त्र प्रहरीले जनाएको छ । घाईते चालको टाउको र बाँया कानमा गम्भिर चोटपटक लागेको जनाईएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता