जोमसोम— राष्ट्रिय लोक भजन चुड्का (संस्कृति) प्रतिष्ठान मुस्ताङको अध्यक्षमा सूर्यमोहन दाहाल सर्वसम्वत निर्वाचित भएका छन् । शनिवार प्रतिष्ठान मुस्ताङ शाखाको प्रथम अधिवेशनले दाहाललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो ।
प्रतिष्ठान गण्डकीका वरिष्ठ उपाध्यक्ष गोपाल भट्टचनको प्रमुख आतिथ्यता सम्पन्न प्रथम अघिवेशनबाट अध्यक्ष दाहालको नेतृत्वमा ३५ सदस्यीय पदाधिकारी तथा सदस्यहरु समेत सर्वसम्वत निर्वाचित भएका छन् ।
प्रतिष्ठानको विधान बमोजिम ३५ सदस्यीय कार्यसमितिमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव समबहादुर नेपाली, महिला उपाध्यक्ष मधुदेवी सापकोटा,सहसचिव प्रेमप्रसाद पौडेल,कोषाध्यक्ष रत्नकुमारी पौडेल र सहकोषाध्यक्षमा कमलराज जोशी सर्वसम्वत पदाधिकारी पदमा निर्वाचित भएका हुन् ।
प्रतिष्ठानको विधान बमोजिम समावेशी सिद्धान्तका आधारमा अधिवेशनले कार्यसमितिमा पदाधिकारी तथा सदस्य निर्वाचित गरेको हो । यसअघि अध्यक्ष पदमा निर्वाचित दाहाल जिल्ला तदर्थ समिति गठन गर्दा सचिव पदमा चुनिएका थिए । यसअघि तदर्थ समिति जेठ २५ गते प्रतिष्ठानका केन्द्रिय संस्थापक अध्यक्ष प्रजापती पराजुलीको रोहबरमा गठन गरिएको थियो ।

नेपालको पुरानो र मौलिक संस्कृतिको रुपमा रहेको लोपोन्मुख भजन चुड्काहरुको संरक्षण र प्रर्वद्धन गर्दै पछिल्लो पीढींलाई पुस्तान्तरण गर्ने उद्देश्यसहित २०७६ सालमा गठन भएको संस्थाले मुस्ताङसहित गण्डकी प्रदेशको ११ वटै जिल्लामा आफ्नो शाखा विस्तार गर्न सफल भएको छ ।
भजन र चुड्का नेपालको एक मौलिक पुरानो संस्कृति रहेको र यसले नेपालको सनातन धर्म,संस्कृति मौलिकता र कलालाई जिवन्त राख्न प्रतिष्ठानको स्थापना गरिएको हो । कतिपयले यसलाई हिन्दु धर्मसंस्कृतिसंगै मात्रै मौलिक संस्कृतिक बाजाको रुपमा अथ्र्याउने गरिएकोमा यो सबै नेपालीहरुको सनातन मौलिक बाजा र संस्कृति भएको नवनिर्वाचित अध्यक्ष सूर्यमोहन दाहालले उल्लेख गरे ।.
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता