जोमसोम- मुस्ताङको एक विद्यालयबाट एक विद्यार्थी मंगलबार सम्पर्कविहिन भएका छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ कागबेनी ीसथत जनशान्ति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत १४ वर्षीय छात्र सन्तोष मगर विद्यालयहाताबाटै सम्पर्कविहिन भएको उक्त विद्यालयले जनाएको छ ।
जनशान्ति माध्यमिक विद्यालय कागबेनीको छात्रावास भवनमा बसेर अध्ययन गर्दैआईरहेका उक्त छात्र मंगलबार दिउँसो १ बजेर ४६ मिनेट जाँदा सम्पर्कविहिन भएको विद्यालयका प्रधानाध्यापक मनबीर किसानले जानकारी दिनुभयो । प्राधानाध्यापक किसानले छात्रावासमा बसेर पढ्ने विद्यार्थी हराउँदा विद्यालय परिवार अत्यन्तै चिन्तामा रहेको र खोजीकार्यका लागि प्रहरी र सबै निकायमा सहयोगको माग गरिएको बताउँनुभयो ।
म्याग्दीको मंगल गाउँपालिका—५ घरभई मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ खिङ्गामा अस्थायी बसोबास गरेका विद्यार्थीको अभिभावक विद्यालयको सम्पर्कमा आएको प्रधानाध्यापक किसानले खुलाए । उहाँले विद्यार्थीहरुको घटनाका बिषयमा नीजको अभिभावकलाई जानकारी गराईसकेको जनाउनुभयो । ‘हामी आफ्नो विद्यार्थी हराउँदा ज्यादै दुखित छौं, विद्यालय, स्थानीय र प्रहरीबाट खोजतलास गर्ने कार्य भईरहेको र विद्यार्थी सकुशल फेला परोस भन्ने हामी कामना गरिरहेका छौं ।
यता जिल्ला प्रहरी कार्यालय मुस्ताङले कागबेनी विद्यालयबाट विद्यार्थी सम्पर्कविहिन भएको सूचना साँझ ६ बजे मात्रै प्राप्त भएको बताएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारी अनुसार विद्यार्थी हराएको सूचनापछि म्याग्दी र मुस्ताङको सीमाना घाँसा प्रहरी चौकीलाई जानकारी गराईएको बताउँनुभयो । प्रहरी निरीक्षक अधिकारीले विद्यार्थी सम्पर्कविहिनको सूचनापछि खोजीकार्यलाई तीब्रता साथ अघि बढाईएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता