जोमसोम—भन्सार अवधि सकिएका २ भारतीय नम्बर प्लेटका मोटरसाईकललाई मुस्ताङ प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आउँदै गरेका भारतीय पर्यटक सवार २ मोटरसाईकलको कागजात चेकजाँच गर्ने क्रममा भन्सार प्रमाणपत्र फेल अवधि सकिएकाले प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतको कोलकत्ता बस्ने २९ वर्षीय मिथुन प्रमानिक र ३४ वर्षीय धुव्र ज्योतिले चलाएको डब्लु.बि. ९६ के.२७६७ को टिभिएस मोटरसाईकल र डब्लु.बि.०१ ए..यु४०८२ नम्बरको स्टकुटरलाई भन्सार प्रज्ञापन पत्र फेल भएकाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सूर्यबहादुर बोगटीले भन्सार प्रज्ञापन प्रमाणपत्र फेल भएका २ मोटरसाईकल नियन्त्रणमा लिएर मुस्ताङ भन्सार कार्यालयमा पेश गरिएको जानकारी दिए ।
यता, मुस्ताङ भन्सार कार्यालयले प्रहरीले नियन्त्रणमा लिएर पेश गरेको २ मोटसाईकलवालालाई सवारी ईजाजतपत्र भएकाले ४ दिनको ४ दिनको भन्सार र ३ दिनको जरिवाना रकम काटेर छाडिएको बताईएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी होमबहादुर बिष्टले आर्थिक ऐन २०८१ अनुसार जरिवाना रकमको व्यवस्था भएकाले प्रहरीले नियन्त्रणमा लिएर पेश भएका २ मोटरसाईकललाई ३ दिनको भन्सार महशुल र ४ दिनको जरिवाना रकम लिइएको बताए ।
गत असोज २२ गते बिरगञ्ज भन्सारबाट ७ दिनको भन्सार प्रज्ञापन शुल्क तिरेर नेपाल भित्रिएका २ मोटरसाईकलवालाको नेपालमा रहने अवधि असोज २८ गतेसम्म मात्रै थियो । उनीहरु सवारीको भन्सार प्रज्ञापन फेल भएपनि भारत नफकिएर मुस्ताङ आएका थिए ।
सरकारले विदेशी सवारी साधन अन्तर्गत मोटसाईकललाई नेपालमा दैनिक २ सय रुपैया राजश्व बुझाउनु पर्ने हुन्छ । यस्ता सवारी साधनहरु भन्सार कार्यालयमा पेश भएमा आर्थिक ऐन अनुसार दैनिक १२ सय रुपैया जरिवाना स्वरुप दाखिला गर्नुपर्ने मुस्ताङ भन्सार प्रतिनिधि बिष्टको भनाई छ । सरकारले विदेशी सवारी साधनलाई १ वर्षमा एक पटकमा बढीमा ३० दिनको मात्रै भन्सार प्रज्ञापन पत्र अनुमती दिने गर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता