पूर्व मन्त्री स्वर्गीय नर बहादुर हिराचनलाई परणोपरान्त सम्मान गरिएको छ । यहाँको घरपझोङ गाउँपालिका—२ मार्फाका अग्रज समाजसेवी समेत रहेका स्वर्गीय पूर्व मन्त्री हिराचनको योगदानको उच्च मुल्याङ्क गर्दै शीतोष्ण बागवानी विकास केन्द्रले शुक्रबार आफ्नो ५९ औं स्थापना दिवसको अवसर पारेर परणोपरान्त सम्मान गरेको हो ।
यहाँ स्थापना भएको शीतोष्ण बागवानी विकास केन्द्र र मुस्ताङको समग्र स्याउ खेती लगायतको बिकासमा महत्वपूर्ण योगदान पुर्याएका स्वर्गीय हिराचनको योगदान अतुलनीय रहेको उल्लेख गर्दे केन्द्रले उहाँलाई परणोपरान्त सम्मान गरेको केन्द्र प्रमख पद्मनाथ आत्रेयले जानकारी दिए । स्वर्गीय हिराचनले यहाँको फलफूल तथा तरकारी खेतीको उत्पादन, प्रर्वद्धन र प्रसारकार्यका साथै केन्द्र स्थापनामा ठुलो योगदान दिएका थिए । उमेर ढक्लिदै गरेको अवस्थामा समेत स्वर्गीय हिराचनले यहाँको स्याउ खेतीलाई उकास्न अग्रसर रहेका थिए ।तत्कालिन पञ्चायती व्यवस्थामा निर्माण तथा यातायात मन्त्री बनेका स्वर्गीय हिराचन मुस्ताङका अब्बल समाजसेवीका रुपमा स्थापित थिए । यहाँको स्याउ खेतीलाई चिनाउन र प्रचारप्रसार गर्न स्वर्गीय हिराचन जिवनको अन्तिम कालखण्डसम्म निकै सक्रिय थिए ।
परणोपरान्त प्राप्त सम्मान तथा प्रमाणपत्र स्वर्गीय हिराचनको परिवारलाई अर्पण गरिएको थियो । यसैगरी सोही अवसरमा मार्फाका अर्का समाजसेवी पूर्व जिविस सभापति भक्ति हिराचनलाई पनि केन्द्रले दोसल्ला र प्रमाणपत्रद्वारा सम्मान गरेको छ । कार्यक्रममा प्रदेश सभासदस्य विकल शेरचन प्रमुख अतिथिको रूपमा उपस्थित भई सम्मानपत्रहरू अर्पण गर्नु भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता