उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिकाद्वारा आरसीसी पक्की मोटरेबल निर्माण गरिएको छ । गाउँपालिकाले वडा—१ स्थित छोर्तेन छोमा खोलामा पक्की मोटरेबल पुल निर्माण गरेको हो ।
उपल्लो मुस्ताङको लोमान्थाङ —१ स्थित निफुक गुम्बा, झोङ गुफा ,गर्फु गुम्बा र वडा नं. १ र २ वडा जोड्ने गरी पक्की मोटरेबल निर्माण गरिएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटन लम्सालका अनुसार लोमान्थाङ—१ स्थित छोर्तेन छोमा खोलामा पचहत्तर लाख ४५ हजार रुपैया लागतमा आठ दशमलव ५ मिटर लम्बाईको पक्की मोटरेबल निर्माण गरिएको जानकारी दिनुभयो ।
विस २०८१ साल माघ १० गते माछापुच्छ«े ईन्जिनीयरिङ प्राईभेट लिमिटेड कन्ट्रक्सनसंग चालवर्षको जेठ २५ गते सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । लोमान्थाङ स्थित वडा १ र २ जोड्ने छोर्तेन छोमा मोटरेबल पुल सम्झौता अवधिभित्र सम्पन्न भएको सवईन्जिनीयर उदय तिमिल्सिनाले जानकारी दिनुभयो । पुल निर्माण भएसंगै कोरलानाका अवलोकन गरी फर्किएका पर्यटकहरुलाई बाह्रै महिना गुफा र गुम्बाहरुको दर्शन तथा अवलोकन गर्न सहज हुने उल्लेख गर्नुभयो ।
यस्तै पुल निर्माण भएकाले लोमान्थाङ वडा १ र २ का स्थानीय नागरिकहरुलाई कोरलानाका र गाउँपालिकाको केन्द्र लोमान्थाङ आउजाउमा सहज हुने भएको छ । गाउँपालिकाद्वारा निर्माण गरिएको छोर्तेन छोमा मोटरेबल पुलको निफुक गुम्बाका खेम्पो लामा झव्याङ तेन्जिङ र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गर्नुभएको थियो ।¬¬ पुल उद्घाटनका क्रममा खेम्पो लामा झव्याङ तेन्जिङले बुद्धिस परम्परा अनुसार पुजापाठ गर्नुभएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली