मुस्ताङ अदालतमा ६७ प्रतिशत मुद्धा फछ्र्योट

जोमसोम— हिमाली जिल्ला मुस्ताङ  अदालतमा चालु आ.व. २०८१÷०८२ को नौ महिना अवधिमा (६६.६६) प्रतिशत मुद्धा फछ्र्योट भएको छ । गत आर्थिक वर्षबाट चालुवर्षमा जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका  कुल ३३ थान मुद्धा मध्ये २२ थान मुद्धा जिल्ला अदालत मुस्ताङबाट फछ्र्योट भएको हो ।

मुस्ताङ जिल्ला अदालतका श्रेस्तेदार दिव्यराज घिमिरेका अनुसार गतवर्ष जिम्मेवारी सरेका र चालु वर्ष नयाँ दर्ता भएका देवानी मुद्धा १७ थान मध्ये १५ थान देवानी मुद्धा मुस्ताङ अदालतबाट फछ्र्योट भएको हो । यस्तै, गत वर्ष र चालु वर्षका कुल कुल १६ थान फौजदारी मुद्धा मध्ये ७ थान मुद्धा अदालतबाट फछ्र्योट भईसकेको अदालतका श्रेस्तेदार घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मुस्ताङ अदालतमा देवानीतर्फ २ थान र फौजदारी मुद्धातर्फ ९ थान गरी कुल ११ थान मुद्धा फछ्र्योट हुन बाँकी रहेको छ ।

मुस्ताङ जिल्ला अदालतबाट आर्थिक वर्ष २०८०÷०८१ मा दर्ज भएका देवानीतर्फका २ थान मुद्धा मध्य् २ वटै फछ्र्योट भएका छन् । गतवर्षबाट चालु वर्ष जिम्मेवारी सरेको अंश सम्वन्धि एक र सम्वन्ध बिच्छेद एक गरी २ थान मुद्धा यसवर्ष फछ्र्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले बताउँनुभयो ।

 यसैगरी गतवर्ष दर्ता भएका ८ थान फौजदारी मुद्धा मध्ये ४ थान मुद्धा चालुवर्ष फछ्र्योट भएको र बाँकी ४ थान मुद्धा फ्छ्र्योट हुन नसकी चालुवर्षमा जिम्मेवारी सरेको अदालतका श्रेस्तेदार घिमिरेको भनाई छ । मुस्ताङ जिल्ला अदालतमा चालु आर्थिक वर्ष २०८१÷०८२ मा देवानीतर्फ १५ थान मुद्धा दर्ता भएका थिए । जसमध्ये १३ थान देवानी मुद्धा फछ्र्योट भएको छ । २ थान मुद्धा फछ्र्योट हुन बाँकी छ ।

चालु वर्ष दर्ता भएका देवानी मुद्धातर्फ सबै भन्दा बढी सम्वन्ध बिच्छेदका १३ थान मुद्धा रहेकोमा शतप्रतिशत मिलापत्र मार्फत फछ्र्योट भएको अदालतका श्रेस्तेदार घिमिरेले जनाउँनुभयो । मुस्ताङ अदालतबाट कुल १५ थान देवानी मुद्धा मध्ये  नाता कायम र अंश लेनदेन सम्वन्धि मुद्धा अदालतबाट फ्छ्र्योट हुन बाँकी छ । अदालतका श्रेस्तेदार घिमिरेले देवानीतर्फको नाता कायम सम्वन्धि मुद्धा अदालतबाट मेलमिलाप कक्षमा पठाईएको जानकारी दिनुभयो ।

चालु आ.व. २०८१÷०८२ मा ८ थान फौजदारी मुद्धा मध्ये ३ थान फौजदारी मुद्धा अदालतबाट फछ्र्योट भईसकेको श्रेस्तेदार घिमिरेले उल्लेख गर्नुभयो । चालु आ.व.को हालसम्म सवार ज्यान मुद्धा २ थान र चोरी कसुर १ थान गरी ३ थान मुद्धा फछ्र्योट भएको श्रेस्तेदार घिमिरेले बताउँनुभयो । उहाँका अनुसार मुस्ताङ अदालतमा आत्महत्या दुरुत्साहन १, सवारी ज्यान २ ,चोरी १ र जबजस्ती करणी १ गरी ५ थान मुद्धा फछ्र्योट हुन बाँकी रहेको अदालतका श्रेस्तेदार घिमिरेको भनाई छ । फौजदारीतर्फ एक जना पुर्पक्ष थुनुवा, एक जना धरौटी बुझाउन नसकी थुनुवा र दुई जना तारिखमा रिहा भएका छन् । 

सम्वन्ध बिच्छेद र मिलापत्रको गाँठो ः

हिमाली जिल्ला मुस्ताङका ९६ वटै गाउँहरुमध्ये अधिकाँश गाउँहरुमा सदिंयौ वर्षदेखि कायम रहेको मुखियाप्रथा जिवितै छ । फौजदारी मध्ये बाहेक सामाजिक रुमा घट्ने सामाजिक प्रकृतिका घटनाहरुलाई यहाँको मुखियाप्रथाले दुई पक्षलाई संगै राखेर मिलापत्र मार्फत टुङ्ग्याउने गर्दछ । सम्वन्ध बिच्छेदको स्वरुप पनि पारिवारिक रुपमा श्रीमान र श्रीमतीबिचको उतार चढावले हुने गर्छ । यस्ता देवानी प्रकृतिका पारिवारिक घटनालाई स्थानीय स्तरमा मुखियाले पनि वार्ताद्वारा समाधान गर्न सक्छन् । संघीयतापछि स्थानीय तहमा न्यायिक समिति पनि भएकाले सम्वन्ध बिच्छेदलाई मिलापत्र गरेर समस्या समाधान गर्न पाउँने अधिकार संविधानले स्थानीय तहलाई जिम्मेवारी प्रदान गरेको छ ।

तर, मुस्ताङ जिल्लामा घट्ने सम्वन्ध बिच्छेदका घटना अन्य जिल्लाको तुलनामा निकैनै भिन्न छ । मुखिया र स्थानीय तहको न्यायिक समितिमा जान छोडेर सम्वन्ध बिच्छेदको घटना लिएर यहाँ अदालतको ढोका धाउन प्रचलन बढ्दो रहेको छ । सम्वन्ध बिच्छेद गर्न अदालत जाने कतिपय दम्पती एक आपसमा हात र कुम जोडेर हाँस्दै रमाउँदै अदालतको ढोकामा सम्वन्ध बिच्छेद गरिपाउँ भनी निवेदन दिने गरेको पाईएको छ । सम्वन्ध बिच्छेद गर्ने यसप्रकारका दम्पतीले बिभिन्न कृतिम बहानाबाजी गरेर सम्वन्ध बिच्छेदको माग गरी अदालतमा मुद्धा दायर गर्ने गरेको जानकारहरु बताउँछन् । तर, अदालत यसरी सम्वन्ध बिच्छेद गर्ने दम्पतीको भित्री रहस्यका बिषयमा अदालतको तहबाट बोल्न नमिल्ने बताउँछ ।

मुस्ताङमा सम्वन्ध बिच्छेदका कृतिम मुद्धा लिएर कानुनी रुपमा सम्वन्ध बिच्छेद गर्ने दम्पतीको संख्या बर्सेनि वृद्धि भईरहेको छ । कानुनी रुपमा पूर्व सल्लाह र सहमती गरी यहाँका कतिपय सम्वन्ध बिच्छेद गर्ने दम्पतीले अमेरिका र युरोप लगायतका देशमा जानका लागि डिभेन्डिङ भिसा प्राप्त गर्न यसो गरिहेको मुस्ताङका जानकारहरु बताउँछन् । युरोप र अमेरिका गएर आर्थिक उपार्जन गरी जिवन समृद्धि बनाउने सपना बुनेका यहाँका बिवाहित दम्पतीले श्रीमानसंग व्यवहारिक रुपमा नभई कानुनी रुपमा मात्रै अलग्गियर लाखौं रुपैया खर्चिएर डिभेन्डिङ भिसा प्रापत गर्ने परिपाटीले मुस्ताङ अदालतमा सम्वन्ध बिच्छेदका मुद्धा बढी मात्रामा दर्ता हुन पुगेको जानकारहरुको बुझाई छ । तर, मुस्ताङ अदालतले सम्वन्ध बिच्छेद गर्ने दम्पतीहरुको आन्तरिक बिषयमा अदालतले बिश्लेषण गर्न नमिल्ने जनाउँछ ।

मुस्ताङमा सडक सञ्जाल सहज हुँदै गईरहेको र यहाँका कृषि र पर्यटनमा अथाह सम्भावना हुँदा हुँदै पनि यहाँका नागरिकहरु बिदेश पलायन हुने क्रम रोकिएको छैन । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङमा विदेश जाने क्रम नरोकिदा गाउँमा युवापक्तिको अभाव हुन थालेको बताउँनुभयो । 


प्रतिक्रिया