मुस्ताङको विकास रास्वपाको काँधमा आउँदैछ ः कार्यवाहक सभापति थकाली

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति भिषण थकालीले शुक्रबार कार्यकर्तालाई धन्यवाद र मतदाताहरु प्रति हार्दिक आभार प्रकट गर्नुभएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा  मुस्ताङ जिल्लामा छोटो अवधिमा यतिठुलो छलाङ मादै उत्कृष्ट मत ल्याउन सफल भएको कार्यवाहक सभापति थकालीले दावी गर्नु भएको छ ।

कार्यकर्ताको मनोबल उच्च पार्दै प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाले मुस्ताङमा प्राप्त गरेको मत परिणाम ऐतिहाँसिक भएको र अब केही वर्ष मुस्ताङ जिल्ला पुरै नेतृत्व रास्वपाले हाक्ने बताउँनुभयो ।‘ मुस्ताङमा रास्वपा पार्टी भर्खरै जन्मिएको पार्टी हो, तर, हामीले बामे सर्दै गएर यतिठुलो सफलता प्राप्त गर्न सक्यौ, कार्यबाहक सभापति थकालीले भन्नुभयो,‘ अब विस्तारै मुस्ताङमा पनि जनताले रास्वपालाई चिन्दै र बुझ्दै जानेछन् ।’

 कार्यवाहक सभापति थकालीले खेलमा जित हार स्वभाविक भएको बताउँनुभयो । मुस्ताङमा  रास्वपाले हारे पनि मुस्ताङको विकास गर्ने अभिभारा रास्वपाको काँधमा आएको बताउँनुभयो । कार्यवाहक सभापति थकालीले कार्यकर्ता माँझ भन्नुभयो,’ हामीलाई भोट दिने र नदिने सबै सबै मतदाताहरु समान भएकाले सबै प्रति रास्वपा मुस्ताङ कृतज्ञ रहेको बताउँनुभयो ।

‘हामीले यहाँ हा¥यौ, तर मुस्ताङको समग्र विकास गर्ने रिमोट कन्ट्रोल रास्वपाको हातमा आउँदैछ, कार्यवाहक अध्यक्ष थकालीले भन्नुभयो,‘ अब यहाँ कोही जितेर नमात्तिन र कोही हारेर नआत्तिन अनुरोध गर्दुछ, अब मुस्ताङको विकासमा रास्वपा अघि बढ्छ बढ्छ ।’

यसैगरी उम्मेदवार अधितीय चन्द्र थकालीले पनि पार्टी र आफुलाई विश्वास गरी मत प्रकट गर्ने नगर्ने सम्पूर्ण मुस्ताङबासीहरुमा आभार प्रकट गर्नुभएको छ ।


प्रतिक्रिया