जोमसोम—राष्ट्रिय वृक्षारोपण दिवस २०८१ को अवसरमा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—४ एक्लेभट्टी बगरमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय मुस्ताङको आयोजनामा स्थानीय जनप्रतिनिधि तथा कर्मचारी लगायतले शुक्रबार कालिगण्डकी नदी छेउको एक्लेभट्टीमा वृक्षारोपण गरिएको हो ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तसहित जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुख,स्थानीय जनप्रतिनिधि र कार्यालयका कर्मचारीले एक्लेभट्टीको खुल्ला बगरमा वृक्षारोपण गरिएको हो । त्यहाँ भोटे पिपल लगायतका विरुवा रोपण गरिएको छ ।
वृक्षारोपणले कार्वन उत्र्सजनको न्यूनिकरण तथा वातावरण क्षति कम गर्दै कालिगण्डकी नदीको कटान रोक्न वृक्षारोपण कार्यक्रमले निकै ठुलो सहयोग पुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले उल्लेख गरे।
१४ असार २०८१, शुक्रबार १०:११ मा प्रकाशित
694
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली