कोरला सडकमा ६ महिनाको खर्च २४ करोड


जोमसोम— राष्ट्रिय गौरवको कोरला सडक आयोजनाका लागि चालु आर्थिक वर्ष विनियोजित ७२ करोड ८२ लाखमा २४ करोड १० लाख अर्थात ३५ प्रतिशत वित्तिय प्रगती भएको छ ।

आयोजनाका सूचना अधिकारी बिष्णु चापागाईका अनुसार चालु आर्थिक वर्ष २०८०÷०८१ को ६ महिनामा उक्त बजेट खर्च भएको आयोजनाका सूचना अधिकारी चापागाईले बताए ।

सडकतर्फ ७० करोड विनियोजन भएकोमा २२ करोड ४० लाख अर्थात ३२ प्रतिशत वित्तिय प्रगती देखिन्छ । पुलपुलेसातर्फ २ करोड ८२ लाख बजेट विनियोजन भएकोमा १ करोड ५० लाख अर्थात ५३ प्रतिशत वित्तिय प्रगती भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा कोरला सडक आयोजनालाई सडक तथा पुलपुलेसातर्फ १ अर्व १० करोड बजेट विनियोजन भएकोमा ५५ करोड बजेट अर्थात कुल बजेटको ५० प्रतिशत मात्र वित्तिय प्रगती भएको थियो ।


प्रतिक्रिया