मुस्ताङ भन्सारमा १८ जनाको कर्मचारी दरबन्दी सृजना

कोरलानाका पूर्ण रुपमा संञ्चालनमा आएसंगै यहाँको (नेपाल—चीन) उत्तरी कोरलानाका स्थित लोमान्थाङ—२ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका लागि कर्मचारी दरबन्दी संख्या थपिएको छ । यहाँको मुस्ताङ भन्सार कार्यालयका लागि भन्सार विभागले साविकको ७ जना कर्मचारी दरबन्दीमा थप गरी १८ जनाको दरबन्दी कायम गरेको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ ।

गएको असार र भदौ महिनामा तातोपानी नाका र रसुवागढी नाका बाढी पहिरोले अवरुद्ध भएपछि यहाँको नेपाल—चीन उत्तरी कोरलानाकालाई वैकल्पिक नाकाको रुपमा प्रयोग गरिएको थियो । त्यसलगत्तै भन्सार विभागले यहाँको कोरलानाकालाई ३० भदौंमा पूर्ण रुपमा संञ्चालनमा ल्याएसंगै यहाँको मुस्ताङ भन्सार कार्यालय सक्रिय हुँदै आईरहेको छ । 

भन्सार विभागले यहाँको मुस्ताङ भन्सार कार्यालयका लागि एक जना उपसचिवको नेतृत्वमा १८ जना दरबन्दी कायम गरेको मुस्ताङ भन्सारका निमित्त प्रमुख अमिन्द्र सिंहले जानकारी दिनुभयो । यसअघि ७ जना कर्मचारी दरबन्दी रहेकोमा ११ जना कर्मचारी दरबन्दी थप गरिएको निमित्त प्रमुख सिंहले बताउँनुभयो ।

मुस्ताङ भन्सारका अनुसार साविक कर्मचारी दरबन्दीमा  एक जना उपसचिव (कार्यालय प्रमुख),एक जना शाखा अघिकृत,चार जना नायव सुब्बा,एक जना चालक र चार जना कार्यालय सहयोगीको पद थप भएको निमित्त प्रमुख सिंहले बताउँनुभयो ।

यसअघि यहाँको मुस्ताङ भन्सार कार्यालयमा  एक जना भन्सार अधिकृत,२ जना नायव सुब्बा,एक जना लेखापाल ,एक जना  कम्प्युटर अपरेटर र दुई जना कार्यालय सहयोगीको दरबन्दी थियो ।  यहाँको कोरलानाकालाई पूर्ण रुपमा नाका संञ्चालनमा ल्याईएपछि भन्सार विभागले एक जना उपसचिव स्तरको कार्यालय प्रमुखसहित दुई जना शाखा अधिकृत(भन्सार अधिकृत), ६ जना नायब सुब्बा,एक÷एक जना लेखापाल र कम्प्युटर अपरेटर,एक जना सवारी चालक र ६ जना कार्यालय सहयोगीको दरबन्दी कायम गरेको मुस्ताङ भन्सारका निमित्त प्रमुख सिंहले उल्लेख गर्नुभयो ।

मुस्ताङ भन्सारका निमित्त प्रमुख सिंहका अनुसार विभागले १८ जनाको दरबन्दी कायम गरेतापनि हाल यहाँको मुस्ताङ भन्सार कार्यालयमा १३ जना कर्मचारी कार्यरत रहेका छन् । यहाँ एक जना भन्सार अधिकृतसहित तीन जना भन्सार अधिकृत,पाँच जना नायव सुब्बा, एकएक जना लेखापाल र कम्प्युटर अपरेटर,एक जना सवारी चालक र दुई जना कार्यालय सहयोगी कार्यरत रहेका निमित्त प्रमुख सिंहले जानकारी दिनुभयो ।

यहाँको मुस्ताङ भन्सार कार्यालयमा कार्यरत रहेका कर्मचारी मध्ये एक जना निमित्त भन्सार अधिकृत,एक जना सुब्बा र एक जना लेखापालको स्थायी दरबन्दीमा रहेर कार्य गरेका छन् ।एक जना सवारी चालक र दुई जना कार्यालय सहयोगी अस्थायी करारमा भर्ना गरिएको छ । बाँकी कर्मचारी काँजमा खटाईएको मुस्ताङ भन्सारले जनाएको छ ।


प्रतिक्रिया