१४ औं गाउँसभामा संसदीय अभ्यास पछ्याउँदै मुस्ताङको घरपझोङ
जोमसोम—संघीयता कार्यान्वयनसंगै स्थानीय तहहरुले बर्सेनि असारमा नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने कुनै नौलो र अनौठो होईन । यो ७५३ वटै स्थानीय तहले यो काम गर्दैआईरहेका छन् ।यसरी नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दा औपचारिक कार्यक्रमकै ढाँचामा सम्पन्न गर्ने गरिएको पाईन्छ ।
मुलुकमा संघीय लोकतान्त्रि गणतन्त्र स्थापना भएसंगै ३ तहको सरकारको परिकल्पना भएको हो । जनतालाई छिटो छिरितो सेवा र विकास डेलिभरी दिने निकाय स्थानीय सरकार हो । जसले स्थानीय तह संञ्चालन ऐन २०७४ को कार्यविधिमा रहेका कार्यसम्पादन गरेका हुन्छन् ।
घरपझोङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम पेश गर्दा सार्वजनिक कार्यक्रमको ढाँचामा नभई संसदीय अभ्यासलाई पछ्याएर आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक ग¥यो । गाउँपालिकाका १४ औं गाउँसभा अधिवेशनलाई संसदीय अभ्यासमा रुपान्तरण गर्दै घरपझोङले ३१ करोडको अनुमानित आयव्यय प्रस्तुत गरेको थियो ।
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन सभामुख जस्तै आसनमा बसेर १४ औं गाउँसभा अधिवेशनको अध्यक्षता गरे । निकै रोचक र अनुशासित तवरले संञ्चालन भएको गाउँसभा अधिवेशनमा उद्घोषक अर्थात कार्यक्रम संञ्चालक थिएनन् । सबै काम गाउसभा अध्यक्षको आदेश बमोजिम संञ्चालन गरिएको थियो ।
अधिवेशनमा उद्घाटन गर्ने,ब्यानर वाचन गर्ने जस्ता क्रियाकलाप कार्यसुचिमा राखिएन ।सभाध्यक्षले गाउँसभा सदस्य र अतिथिलाई एकै साथ यथास्थानमा आसन ग्रहण गराए । त्यसपछि १४ औ गाउँसभा अधिवेशन प्रारम्भ भएको जानकारी गराए । त्यसपछि सभाध्यक्ष लालचनले गाउसभा अधिवेशनको शुभ—कामना दिन २ जना गाउँसभा सदस्यलाई बोल्न ३ मिनेटको समय दिए । सदस्यहरुले बोलेपछि प्रमुख अतिथि र विशिष्ट अतिथिलाई बोल्न समय दिए ।
सभाध्यक्ष लालचनले चालु वर्ष गाउँपालिकाले गरेको कार्यप्रगतीको भिडियो सामग्री पेश गर्न तोकिएका कर्मचारीलाई अनुमती दिए ।
गाउँसभामा सभाध्यक्षको अनुमतीमा उपाध्यक्ष जमुना थकालीले बजेट कार्यान्वयन हुन नसकेका योजनाको अर्को योजनामा बजेट रकामान्तर गरिएको जानकारी दिईन । त्यसपछि फेरी सभाध्यक्ष लालचनले उपाध्यक्ष थकालीलाई आगामी आर्थिक वर्षका लागि गाउँपालिकाको नीति तथा कार्यक्रम पेश गर्न समय उपलब्ध गराए ।
गाउँ पालिकाको नीति तथा कार्यक्रममा गाउसभा सदस्यहरुलाई आफ्नो धारणा राख्न सभाध्यक्ष लालचनले सदस्यहरु समय दिए । त्यसपछि सभाध्यक्षले नीति तथा कार्यक्रमको प्रस्तावको पक्ष र विपक्षमा हात उठाउन आग्रह गरे । सभाध्यक्ष लालचनले भने , गाउँसभा सदस्यहरु प्रस्तुत नीति तथा कार्यक्रमको प्रस्तावमा हुन्छ भन्ने सदस्यले हात उठाउन भने, फेरी हुन्न भन्ने सदस्यले हात उठाउन अनुरोध गरे । यसरी घरपझोङ गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक ग¥यो ।
गाउँसभा अधिवेशनपछि अध्यक्ष लालचनले प्रतिक्रिया दिदै भने, स्थानीय तहमा अपनाएको संसदीय अभ्यास अनुशासित र प्रभावकारी भएको छ ।यसले गाउँसभाको गरिमा र मर्यादालाई उचो बनाएको छ ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली