पूर्व संघीय सांसद एवं मुस्ताङका वरिष्ठ समाजसेवी प्रेमप्रसाद तुलाचनलाई सम्मान गरिएको छ । मुस्ताङको घरपझोङ—३ स्थित उर्केन छेकोर्लिङ गुम्बाको स्याङने फोपेले पूर्व सांसद एवं समाजसेवी तुलाचनलाई उहाँकै निजी निवास स्याङ खोला घरमा पुगेर सम्मान गरिएको हो ।
पूर्व संघीय सांसद तुलाचनले स्याङने फोपेको हर्ट रुम निर्माणका लागि सहयोग गरेवापत हार्दिकतापूर्वक सम्मान गरिएको फोपेका मुखिया सुकबहादुर थकालीले जानकारी दिनुभयो ।
फोपेको हर्ट रुम निर्माणकार्यमा अतुलनीय योगदान पु¥याएको हुँदा हामीले उहाँकै निजी निवासमा पुगेर आयु भगवानको थाङ्का पेन्टिङ र परिवारजनलाई खाँदा लगाएर सम्मान अर्पण गरिएको महेन्द्रप्रसाद थकालीले जानकारी दिनुभयो ।
२६ असोज २०८२, सोमबार ०१:०० मा प्रकाशित
1561
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली