जोमसोम—भारतीय राजदुतावासले हिमाली जिल्ला मुस्ताङलाई २ वटा स्कुल बससहित एक एम्बुलेन्स उपहार स्वरुप प्रदान गरेको छ । नेपाल भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत आईतबार मुस्ताङलाई स्कुल बससहित एम्बुलेन्स उपहार दिएको हो ।
काठमान्डौं स्थित भारतीय राजदुतावासले सन् १९९४ देखि नेपाल—भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यसप्रकार सहयोग गर्दैआईरहेको छ । नेपाल नयाँ वर्षको सुरुवातसंगै भारतीय राजदुतावासले दुतावासकै कार्यालयबाट नेपालका विभिन्न जिल्लाका शिक्षा र स्वास्थ्य क्षेत्रमा काम गर्ने संघ÷संस्थालाई ६६ वटा स्कुल बससहित ३५ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरेको हो ।
भारतीय दुतावासले उक्त संख्यामा स्कुल बस र एम्बुलेन्स उपहार प्रदान गर्दा मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका—३ स्थित जनज्योति आधारभुत विद्यालय घिलिङ र थासाङ गाउँपालिका—१ टुकुचे स्थित नालान्दा बुद्धिस बोडिङ स्कुललाई ३८ सिट क्षमताको बस उपहार दिएको हो । सोही क्रममा थासाङ गाउँपालिका—५ को कुञ्जो स्वास्थ्य चाकीलाई पनि एक एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिएको हो ।
भारतीय राजदुत नविन श्रीवास्तवले अर्थमन्त्री वर्षमान पुन उपस्थितीमा शिक्षण संस्थातर्फ नालान्दा बोर्डिङ स्कुलको तर्फबाट पद्यसम्भव च्यारिटी फाउन्डेसनका सचिव बिष्णु थकाली र जनज्योति आधारभुत विद्यालय घिलिङका प्रतिनिधिलाई स्कुल बस हस्तान्तरण गरिएको हो ।
यसैगरी स्वास्थ्यतर्फ थासाङ गाउँपालिका—५ स्थित कुञ्जो स्वास्थ्य चौकीलाई दिईएको बिरामी बोक्ने एम्बुलेन्स वडाध्यक्ष रुपेश तुलाचनलाई कार्यक्रममा हस्तान्तरण गरिएको थियो । नालान्दा बोर्डिङ स्कुललाई बस उपहार स्वरुप भारतीय दुतावासले उपलब्ध गराएको सो विद्यालयका प्रिन्सिपल अवन तुलाचनले जानकारी दिए । यसैगरी लोघेकरको घिलिङ स्कुललाई भारतीय राजदुतावासबाट बस प्राप्त भएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले जानकारी दिए । थासाङको कुञ्जो स्वास्थ्य चाकीलाई एम्बुलेन्स प्राप्त भएको गाउँपालिका उपाध्क्ष सोमल हिराचनले बताए ।
स्मरण रहोस भारतीय राजदुतावासले यसअघि पनि हिमाली जिल्ला मुस्ताङमा शिक्षा,स्वास्थ्य र धार्मिक सम्पदा संरक्षणमा सहयोग गर्देआईरहेको छ । मुस्ताङका ७ वटा भन्दा माध्यमिक विद्यालयको शैक्षिक भवन निर्माणमा भारतले आर्थिक सहयोग गरेको थियो । प्राचिन गुम्बा ,मठमन्रि,माने,छोर्तेन र स्वास्थ्य क्षेत्रमा भारतले मुस्ताङलाई निरन्तर सहयोग गर्ने गरेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता