जोमसोम— मुस्ताङमा याकचौरी दिवस २०८२ विभिन्न कार्यक्रमका साथ मनाईएको छ । सरकारले हिमाली क्षेत्रमा पालन गरिने याकचौरी पालकको मागलाई सम्वोधन गर्दै ७ बैशाखलाई राष्ट्रिय दिवस मनाउँने मान्यता दिएसंगै मुस्ताङ पनि ९ दिन ढिलोगरी याकचौरी दिवस मनाउन सुरु गरिएको हो ।
मुस्ताङको थासाङ गाउँपालिका—२ घट्टे खोलामा मुस्ताङका याकचौरी पालक कृषकहरुको संगठित सस्था हिमालयन चौरी पालन तथा संरक्षण समिति मुस्ताङले सोमबार जिल्लामा पहिलोपटक लोपोन्मुख हिमाली याकचौरी दिवस विभिन्न कार्यक्रम गरी मनाईएको हो ।
दिवसलाई भव्यतापूर्वक मनाउन थासाङको घट्टे खोला स्थित याकचौरीको रगत खाने मेलाको सन्दर्भ जोडेर विभिन्न खेलकुद तथा नृत्य लगायतका कार्यक्रम समावेश गरी याकचौरी महोत्सव आयोजना गरिएको हिमालयन चौरी पालन तथा संरक्षण समिति मुस्ताङका सचिव सोजन हिराचनले जानकारी दिनुभयो ।
मुस्ताङको थासाङ गाउँपालिकाको आर्थिक सहयोगमा हिमालयन चौरी पालन तथा संरक्षण समितिले याकचौरी पालकलाई सम्मान तथा प्रोत्साहन गर्ने कार्यक्रमसहित परम्परागत तारा खेल प्रतियोगिता, डोरी तान्ने खेल प्रतियोगिता र नृत्य प्रतियोगिता आयोजना भएको हिमालया चौरी पालन तथा सरक्षण समितिका सचिव हिराचनले उल्लेख गर्नुभयो ।
मुस्ताङमा आयोजित प्रथम याकचौरी दिवसका अवसरमा लगातार तीन पुस्तासम्म याकनाक पालन गर्दैआईरहेका थासाङका कृष्णलाल भट्टचन र रमेश मगरलाइ दोसल्ला ओढाएर प्रमाणपत्रले सम्मान गरिएको छ । मुस्ताङमा सदिंयौंकालदेखि प्रचलनमा रहेको अचम्मको याकको रगत निकाल्ने प्रथालाई जिवन्तता दिदैआईरहेका आम्चीहरु चन्द्रसिंह मगर, ईन्द्रसिंह मगर, ईन्द्रसिंह शेरचन, सकेन्द्र गौचन, पूर्णप्रसाद गौचन र आम्ची निलप्रसाद गौचनलाई दोसल्ला ओढाएर प्रमाणपत्रद्वारा सम्मान गरिएको हिमालयन चौरी पालन तथा सरक्षण समिति सचिव हिराचनले बताउँनुभयो । यसैगरी मुस्ताङमा सबैभन्दा ठुलो याक पालन गर्ने उत्कृष्ट किसान मध्ये थासाङ—५ कुञ्जोका याकचौरी पालक बुद्ध गौचनलाई पनि विशेष सम्मान गरिएको छ । सम्मान उत्कृष्ट पशुपालक किसान गौचनले ८ वर्ष उमेरको जम्बो याक पालेका छन् ।
मुस्ताङमा आयोजित प्रथम याकचौरी दिवस तथा महोत्सव अन्तर्गत थासाङ गाउँपालिकाको वडास्तरीय परम्परागत तारा खेल प्रतियोगितामा लेते धम्पु प्रथम, कोवाङ दोस्रो र कुञ्जो तेस्रो भएका छन् । डोरी तान्ने प्रतियोगितामा आयोजक कोवाङ प्रथम दोस्रो स्थान टुकुचे विजेता बनेका छन् । यसैगरी याकचोरी दिवसको महोत्सवमा नृत्यतर्फ आयोजक कोवाङ र दोस्रो कुञ्जो ताक्लुङ बिजेता बनेको समिति सचिव हिराचनले जानकारी दिनुभयो ।
यसअघि प्रथम जिल्ला स्तरीय याकचौरी दिवसको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले उद्घाटन गर्नुभएको थियो । गाउँपालिका अध्यक्ष गौचनले हिमाली क्षेत्रमा पालन गरिने याकचौरी पालन व्यवसाय संकटमा पर्दे गईरहेकाले यसको सरक्षण आजको आवश्कता रहेको औल्याउनु भयो । उहाँले याकचौरीको सुरक्षाmदिगो उपयोगिता मार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा,जलवायु अनुकुलन,जैविक विविधताको सरक्षण र हिमाली जिवन शैलीको सांस्कृतिक सशक्तिकरणमा योगदान पु¥याउने धारणा राख्नुभयो ।
पछिल्लो समय जलवायु संकटका कारण हिमाली याकचौरीका लागि चरनक्षेत्र र खानीपानीको अभाव हुने गरेको र हिमाली उच्चलेंकमा पालन गरिएका याकचौरीलाई वन्यजन्तुको जोखिम बढेको समितिका सचिव सोजन हिराचनले जानकारी दिनुभयो ।
मुस्ताङका पाँचवटै स्थानीय तहमा गरी ४ हजार ७ सयको संख्यामा याकचौरी पालन गरिएको छ । जसमध्ये मुस्ताङको थासाङमा हिमायन चौरी पालन तथा सरक्षण उपसमितिका २२ घरधुरीको २२ वटा गोठमा ७ सय भन्द बढी याकचौरी पालन गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली