मुस्ताङ, १६ ,असोज ।
नेपाल—चीन उत्तरी कोरलानाका स्थित सीमाक्षेत्रमा सुरक्षागस्ती गरिएको छ । त्यहाको लोमान्थाङ—२ छोसेर न्हेचुङमा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी) र प्रहरी चौकी छोसेरका सुरक्षाकर्मीले बिहिबार दसै पर्वलाई पन्छ्याएर कोरलानाका स्थित २४ नं. सीमा स्तम्भ आसपासको क्षेत्रमा संयुक्त सुरक्षा गस्ती गरेका हुन् ।
बडा दसैंका दिन कोरला सीमानाकामा हुन सक्ने सम्भावित चोरी शिकारी तथा अवान्छित गतिविधि र सम्भावित हुनसक्ने अपराध नियन्त्रणका लागि कोरला सीमानाका नजिकै रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी), त्यहाँ कार्यरत प्रहरीका सुरक्षाकर्मी र भन्सार कार्यालयका प्रतिनिधि लगायतले संयुक्त सीमा सुरक्षा गस्ती गरेका हुन् ।
न्हेचुङ स्थित सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट(बीओपी) ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक बिष्णुहरी थापाको कमाण्डमा चारजना, प्रहरी चौकी छोसेरका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक बिष्णु रानाभाटको कमाण्डमा तीन जना र मुस्ताङ भन्सार कार्यालयका प्रतिनिधि कुमार अचार्यसहित गरी ८ जनाको टोलीले कोरलानाकाको सीमा सुरक्षा गस्ती गरेका हुन् ।
दसै पर्वमा बिदाको अवसर पारेर पहाड तथा तराई क्षेत्रबाट उल्लेख्य आन्तरिक पर्यटक कोरलानाकामा भित्रिएको र यहाँका सुरक्षाकर्मीले दसै पर्वको बिदाको दिनमा समेत कोरलानाकाको सुरक्षार्थ सीमा गस्ती गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बीओपी)का ईञ्चार्ज बिष्णहरी थापाले जानकारी दिनुभयो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
मनिता थकाली