जोमसोम—बशन्तऋतुको आगमनसंगै मुस्ताङमा साँढे दुई महिनापछि हवाई सेवा संञ्चालनमा आएको छ ।प्रतिकुल मौसमका साथै पर्यटकीय अफसिजनका कारण रोकिएको पोखरा—जोमसोम हवाई सेवा शुक्रबार देखि संञ्चालनमा आएको हो ।
हिउँदयामको मौसमसंगै पर्यटक अफसिजनका कारण तारा एअरलाईन्सले मंसिर १० गते र सुमित एअरलाईन्सले मंसिर २० गते देखि पोखरा—जोमसोम हवाई सेवा उडान बन्द गरेका थिए ।
उडान बन्द भएको साँढे २ महिनापछि पोखरा—जोमसोम हवाई सेवा संञ्चालनमा आएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख हिरोण शाहले जानकारी दिए । उनका अनुसार हिउँदपछि गर्मी सुरु भएकाले शुक्रबार सुमित एअरलाईन्सले पोखरा—जोमसोमका लागि २ वटा उडान भएको हो । हवाई मार्ग हुँदै आउने सबै भारतीय पर्यटक रहेको उनले बताए ।
पोखरा—जोमसोमका लागि सुमित एअरलाईन्सको जहाजले उडान संञ्चालनमा ल्याएपछि तारा एअरलाईन्सले उडान कहिलेदेखि सुरु गर्ने भन्ने तय भईनसकेको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख शाहले उल्लेख गरे ।
मुस्ताङमा पोखरा —जोमसोम हवाई सेवा संञ्चालना आएसंगै जोमसोम विमानस्थलको पर्यटकीय चहल÷पहल बढेको छ । अनुकुल मौसम सुरु भएसंगै सदरमुकाम जोमसोम भारतीय तथा आन्तरिक पर्यटकको आगमन बढेको छ । कतिपय भारतीय पर्यटक सडकमार्ग हुँदै मुक्तिनाथ दर्शनका लागि आउने गरेका छन् । गतवर्ष हवाई तथा सडकमार्ग हुँदै करिव ९० हजार विदेशी पर्यटक मुस्ताङ आएका थिए ।
यसअघि जिल्ला प्रहरी कार्यालय मुस्ताङले जोमसोम विमानस्थलको सरसफाई तथा धावनमार्गमा उम्रिएका अनाधिकृत झ्याङहरुले पन्छ्याउने काम गरिएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
ई मुस्ताङ सम्वाददाता