मुस्ताङका स्याउ बगैचामा सोमबारदेखि धमाधम छिटो पाक्ने स्याउको पोस्ट हार्भेस्ट सुरु गरिएको छ । जिल्ला स्थित सरोकारवाला निकायहरुले मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्ने समय भदौ १५ गते तोकिएसंगै मुस्ताङका किसान तथा व्यापारीले धमाधम छिटो पाक्ने जातका स्याउ टिप्न सुरु गरेका हुन् ।
मुस्ताङको स्याउको गुणस्तर कायम राख्न तथा बिक्री वितरण गर्न भन्दै जिल्ला समन्वय समितिको पहलमा मुस्ताङका पाँच स्थानीय तहका जनप्रतिनिधि,कृषि तथा पशु विकास कार्यालय,राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम,कार्यक्रम कार्यान्वयन एकाई,स्थानीय प्रशासन र कृषक प्रतिनिधिहरुको रोहबरमा मुस्ताङमा छिटो पाक्ने र ढिलो पाक्ने स्याउको टिपाई कार्यतालिका सार्वजनिक गरेका थिए ।

मुस्ताङमा उत्पादन हुने स्याउको गुणस्तर राम्रो हुने तथा बजारको माग समेत पूर्ति हुने र स्याउको ख्याति राम्रो हुने र स्याउमा गुलियोपना हुनु पर्ने जोड दिदै छिटो पाक्ने स्याउ भदौ १५ गते र ढिलो पाक्ने स्याउ भदौ २२ गतेदेखि टिप्न पाईने निर्णय गरिएको थियो ।
कृषि तथा पशु विकास कार्यालयका प्रमुख डा. लालमणि अर्यालले मुस्ताङमा छिटो पाक्ने स्याउ आज सोमबारबाट टिप्न सुरु भएको बताउँनुभयो । उहाँका अनुसार मुस्ताङको थासाङ,घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा छिटो पाक्ने अर्लि भेराईटीका गाला र गोल्डेन जातको स्याउ टिपाई सुरु भएको हो ।
कार्यालय प्रमुख अर्यालयका अनुसार उच्चघनत्व प्रविधिमा आधारित (हाईब्रिड) जातको गाला र गोल्डेन स्याउको धमाधममा कृषकको बगैचाहरुमा पोस्ट हार्भेस्ट भईरहेको छ । मुस्ताङमा उत्पादित छिटो पाक्ने स्याउ हरितालिका तीज पर्वलाई लक्षित गरी कृषक तथा ब्यापारीहरुले स्याउ टिप्न सुरु गरेको कार्यालय प्रमुख अर्यालयको भनाई छ ।
मुस्ताङका अब्बल किसान भीम गुरुङको स्याउ बगैचामा पनि सोमबारदेखि धमाधम छिटो पाक्ने जातको स्याउ टिपाई सुरु गरेको ग्रीन मुक्ति कृषि तथा पशुपन्छी विकास फार्मका व्यवस्थापक राम तामाङले जानकारी दिनुभयो । जिल्ला स्तरीय बोर्ड बैठकको स्याउ टिप्ने कार्यतालिका अनुसार आफुहरुको फार्ममा स्याउको पोस्ट हार्भेस्ट तथा स्याउ ढुवानी गरी काठमान्डौ पु¥याउने तयारी भईरहेको बताउँनुभयो ।
स्थानीय भीम गुरुङको स्याउ बगैचामा स्याउ टिप्ने, स्याउलाई क्रेटमा राखेर स्टोरमा पु¥याउने, स्याउको ग्रेडिङ,नापतौल र प्याकेजिङ लगायत स्याउ लोड गर्ने कार्यका लागि करिव तीन दर्जन कामदार परिचालित गरिएको छ । व्यवस्थापक तामाङले चालिस रोपनीमा उत्पादन भएको हाईब्रिड छिटोपाक्ने स्याउ हार्भेस्ट गरी दुईदिन भित्र काठमान्डौ पु¥याउने योजना रहेको बताउँनुभयो । उहाँका अनुसार उच्चघनत्वको हाईब्रिड स्याउको टिपाई सुरु भएपनि स्थानीय जातको लोकल स्याउ भदौपछि मात्रै हार्भेस्ट गरिने बताउँनुभयो ।

यसैगरी घरपझोङ—५ ढुम्बा स्थित चिम्ले अचार्ड कृषि फार्मको स्याउ टिप्ने योजना रहेकोमा काठमान्डौ पु¥याउने सडक अवरुद्ध भएकाले केहीदिन पछि मात्रै टिपाई सुरु गर्ने योजना रहेको व्यवस्थापक आईतराम तामाङले जानकारी दिनुभयो । फार्ममा उत्पादन हुने छिटो र ढिलो पाक्ने सबै स्याउ काठमान्डौंमा बजारिकण गर्ने सोच रहेको व्यवस्थापक तामाङको भनाई छ ।
मुस्ताङमा स्याउको सिजन सुरु भएसंगै यहाँका स्याउ बगैचामा लटरम्म स्याउ फल्न थालेका छन् । स्याउको सिजन सुरु भएसगै मुस्ताङमा स्याउ ब्यापारीहरुको चहलपहल बाक्लिएको छ । स्याउ ब्यापारीहरुले साउन अगावै किसानको बगैचामा पुगेर बैनापट्टा गरिसकेपछि स्याउको बिक्री वितरणका लागि स्याउ संकलन गर्न मुस्ताङ आउने गर्छन ।
मुस्ताङमा गतवर्ष करिव ९० करोड बढीको स्याउ उत्पादन भएको थियो । कृषि तथा पशु विकास कार्यालय मुस्ताङका अनुसार गतवर्ष मुस्ताङमा उत्पादित स्याउ मध्ये ८० प्रतिशत जिल्ला बाहिर निकासी भएको थियो भने २० प्रतिशत स्याउ जिल्लामै खपत भएको थियो । मुस्ताङमा करिव एक हजार ४०० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ । पछिल्लो समय मुस्ताङका किसानहरु छिटो र छरितो रुपमा उत्पादन दिनसक्ने उच्चघनत्व प्रविधिको हाईब्रिड स्याउ खेतीतर्फको आकर्षण बढ्दै जान थालेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली