महालेखा परीक्षकको कार्यालय (मलेप)ले सार्वजनिक गरेको आ.व २०८१/०८२को ६३ औं वार्षिक प्रतिवेदन अनुसार यहाँको लोमान्थाङ गाउँपालिका जिल्लामा सबैभन्दा कम बेरुजु रहेको रुपमा पहिलो भएको छ । प्रतिवेदन अनुसार लोमान्थाङ जिल्लामा सबैभन्दा कम बेरुजु हुँदा गण्डकी प्रदेशमा पाँचौ नम्बरमा कम बेरुजु रहेको पालिका बनेको हो ।
महालेखा परीक्षकको कार्यालयले गरेको आ.व. २०८१/०८२ अन्तिम लेखा परीक्षण प्रतिवेदन अनुसार यहाँको लोमान्थाङ गाउँपालिकाको ४९ करोड ४६ लाख ५४ हजार लेखा परीक्षण हुँदा एक लाख ५४ रुपैया मात्रै बेरुजु देखिएको छ । यो कुल लेखा परीक्षण रकमको (०.०३) प्रतिशत मात्रै हो ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार मुस्ताङका पाँच स्थानीय तह मध्ये लोमान्थाङपछि लोघेकर दामोदरकुण्ड गाउँपालिका कम बेरुजु हुने मध्ये दोस्रो गाउँपालिका बनेको हो । लोघेकर दामोदरकुण्डको ४३ करोड ३१ लाख ८८ हजार लेखा परीक्षण गरिंदा ३ लाख ५० हजार रुपैया बेरुजु रहेको छ । यो कुल लेखा परीक्षणको (०.०८) प्रतिशत हो ।
यसैगरी थासाङ गाउँपालिकाको ६४ करोड ८६ लाख ४३ हजार लेखा परीक्षण हुँदा एक करोड ७ लाख ८ हजार अर्थात (०.१७) प्रतिशत,घरपझोङ गाउँपालिकाको ५५ करोड ८६ लाख ६२ हजार लेखा परीक्षण हुँदा ४४ लाख ३६ हजार अर्थात (०.७९)प्रतिशत र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको ५० करोड ९७ लाख ७ हजार रुपैया लेखा परीक्षण गरिएकोमा ७१ लाख ९७ हजार अर्थात (१.४१) प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।
महालेखा कार्यालयको वार्षिक लेखा परीक्षण अनुसार लोमान्थाङ पहिलो,लोघेकर दोस्रो,थासाङ तेस्रो, घरपझोङ चौथो र वारागुङ मुक्तिक्षेत्र पाँचौ कम बेरुजु रहेको गाउँपालिका रहेको जनाईएको छ ।
गण्डकी प्रदेशका स्थानीय तहको लेखा परीक्षणमा कम बेरुजु हुनेमा पर्वतको महाशिला गाउँपालिका पहिलो हुँदै (०.००) शून्य प्रतिशत बेरुजु छ । यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाको बेरुजु (०.०१) प्रतिशत ( दोस्रो),म्याग्दीको मंगला गाउँपालिकाको बेरुजु (०.०१) दोस्रो, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)कै बौदीकाली गाउँपालिकाको बेरुजु (०.०२) प्रतिशत (चौथो) र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको बेरुजु (०.०३) प्रतिशत (पाँचौं) नम्बरमा कम बेरुजु रहेको छ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
सुन्दरकुमार थकाली